पत्रकार बलरामसंग माफि मागे पछि छुटे घिमिरे

  • बिहीबार, श्रावण २ २०७६ प्रकाशित

पत्रकार बलराम पुडासैनीलाई समाचार लेखेको भन्दै धम्की दिने मकवानपुरगढी गाउँपालिका स्ल्याब ढलान उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेले प्रहरी हिरासतबाट छुटेका छन् । 
जिल्ला प्रहरी कार्यालयमा मकवानपुरगढीका स्थानीय, घिमिरेका आफन्त र पत्रकार महासंघ मकवानपुरका प्रतिनिधि, प्रेस युनियनका प्रतिनिधि र पत्रकारको उपस्थितिमा उनले माफी मागेपछि हिरासत मुक्त भएका हुन् ।  
उनले आफुले पत्रकारलाई अपशव्द प्रयोग गरी धम्क्याउनु गलत भएको भन्दै आफु अस्वस्त रहेको भन्दै क्षमा मागेपछि पत्रकार पुडासैनीकै अनुरोधमा उनलाई हिरासत मुक्त भएका छन् । आफुले आगामी दिनमा यस्तो गल्ति नगर्ने समेत सबै सामु घिमिरेले प्रतिवद्धता व्यक्त गरेका छन् ।  
पत्रकार पुडासैनीले घिमिरेले आफुलाई ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय मकवानपुरले उनलाई अनुसन्धानका प्रहरी हिरासतमा राख्न १० दिन म्याद दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।