एमालेलाई पहिलाे पार्टी बनाउन मिसन ग्राटरूट: एमाले नेता गुरूङ्ग

  • हजुरको खवर
  • शुक्रबार​, फागुन १९ २०७९ प्रकाशित

एमालेलाई पहिलाे पार्टी बनाउन मिसन ग्राटरूट: एमाले नेता गुरूङ्ग
हेटाैँडा/ नेकपा एमाले पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९), अभियानकाे क्रममा नेकपा एमाले पाेलिटव्यूराे सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङ्गले संगठन व्यवस्थापन गर्दै मुलुककाे पहिलाे र बहुमतकाे पार्टी बनाउन मिसन ग्रासरूट भएकाे र परिवर्तित परिस्थिति अनुसार कामकाे कार्यशैली परिर्वतन हुनुपर्ने बताउनु भयाे । हरेक कार्यकर्ता उत्पादन र उध्यमशिलतासंग जाेडिनुपर्ने र आत्मनिर्भर भई पार्टी काम गर्नुपर्ने, हिजाे व्यवस्था परिवर्तनकाे संघर्षमा थियाै आज जनताकाे अबस्थामा परिवर्तनमा हाम्राे ध्यान जानुपर्ने बताउनुभयाे । 
उहाँले नेकपा एमाले ईमान्दार, अनुशासित कार्यकर्ता र जनआधारित बलियाे कम्युनिष्ट पार्टीकाे लागि सुदृढ र विस्तार कार्य निरन्तर सञ्चालन गर्नुपर्नेमा जाेड दिनुभयाे । अभियान सञ्चालन गर्ने क्रममा पार्टी संगठन बलियाे बनाउँदै पहिलाे र बहुमतकाे पार्टी निर्माण गर्न वडाकाे टाेल टाेलमा जनता र कार्यकर्ताकाे बीचमा जाने हेटाैँडा ७ नं. वडा कमिटीकाे बैठकले निर्णय गरेकाे छ ।
बैठकले जनसंगठनकाे वडा कमिटी, पार्टी टाेल कमिटी व्यवस्थित बनाउने, पार्टी सदस्य नवीकरण र नयाँ सदस्यता वितरणकाे लागि फागुन महिनासम्म सम्पन्न हुने गरि अभियान टाेली बनाई सञ्चालन गर्ने निर्णय गरेकाे वडा सचिव सुशील सुवेदी बताउनु भयाे । 

पार्टी वडा अध्यक्ष कुलप्रसाद त्रिपाठीकाे  अध्यक्षता प्रदेश कमिटीका सदस्यहरू गाेपाल श्रेष्ठ, हरिबहादुर महत, जिल्ला कमिटी सचिव नवीन सिग्देल, सचिवालय सदस्यहरू फूर्वा दाेर्जेलामा, सुनिल मुक्तान, राजन थापा, जिल्ला सदस्य सुवाेध रिमाल, पार्टी उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, उपाध्यक्ष नवराज खतिवडा, सचिव बाेलबहादुर कार्की, जिल्ला सल्लाहकार परिषद्का सचिव तुलसी रिजाललगायत वडा र नगर नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।