इन्द्रसरोवर तालको सरसफाई र संरक्षण गर्न सरकारलाई सचेतक बर्तौलाको आग्रह

  • हजुरको खवर
  • सोमबार, भाद्र १८ २०८० प्रकाशित

नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले मकवानपुरको इन्द्रसरोवर तालको सरसफाई तथा संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । सरकार कुम्भकर्ण निन्द्रामा परेको टिप्पणी गर्दै बर्तौलाले ईन्द्रसरोवर तालबाट १०४ मेघावाट विजुली उत्पादन हुने वताउदै तालको संरक्षण गर्न नसके निकट भविस्यमा नै आयामेजना खतरामा पर्न सक्ने उल्लेख गर्नु भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बर्तौलाले तालमा ८५ लाख घनमिटर पानी अटाउने क्षमता रहेको उल्लेख गर्दै अहिले तालमा ६२ लाख घनमिटर पानी रहेको र बाँकी करिव २३ लाख घनमिटरमा हिलोमाटो, बगर थुप्रिएको उल्लेख गर्दै तालको सरसफाई तथा संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्
साँसद बर्तौलाका अनुसार सरकारले विगत ४ वर्ष देखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न नसकेको बताए ।
उनले भने ‘ यो सरकार माटोको तोर्मा जस्तो भयो सभामुख ज्यू । आईया पनि छैन आत्था पनि छैन् । विगत ४ वर्ष देखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न सकेको छैन् । सरकारलाइ त्यस्को कुनै चासो छैन् । कुम्भकर्ण निन्द्रामा प¥यो । ’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।