विश्व हिन्दु महासंघ नेपालको हेटौंडा उपमहानगरपालिकाको संयोजकमा राजेश वाग्लेलाई चयन गरेको छ । महासंघको मकवानपुर शाखाको शुक्रबार बसेको बैठकले वाग्लेलाई नगर संयोजकको जिम्मेवारी दिएको हो । कोभिडको समयमा अक्सिजन सिलिण्डर बैंक स्थापना गरी हजारौं संख्यामा कोभिड पिडीतहरुको ज्यान बचाएर जीवनदाताको रुपमा आफ्नो परिचय बनाएका वाग्ले धार्मिक, सामाजिक तथा व्यवसाय क्षेत्रमा सक्रिय रहेका वाग्लेलाई नगरको संयोजकको जिम्मेवारी दिएको महासंघ मकवानपुरका अध्यक्ष उत्तम शर्मा ढकालले बताउनु भयो । नगर संयोजकमा मनोनित भए पश्चात वाग्लेले महासंघलाई वृद्धि विस्तार गर्दै नगर कार्यसमिति गठन गरिनुका साथै वडातहमा उपसमिति गठन गरिने बतानउु भयो । आफुले पाएको जिम्मेवारीलाई बहन गर्दै महासंघलाई वडातह सम्म विस्तार गर्न आफु लागि पर्ने बताउनु भयो । प्रणामी व्यवसायी संघको जिल्ला सहसचिव, मउवा संघको धर्म प्रवद्र्धन समितिको सहसंयोजक, श्री कृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमितिका सदस्य रहेका वाग्ले विभिन्न दर्जनौं संघसंस्थामा आवद्ध रहेका छन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।