महेश बर्तौलाद्वारा मानव बस्तीमा खानी असरको छानबिनको माग

  • हजुरको खवर
  • बिहीबार, फागुन १० २०८० प्रकाशित

मकवानपुरका विभिन्न स्थानीय तहमा रहेका चुनढुंगा खानीको अव्यवस्थित सञ्चालनले मानवीय बस्तीलाई जोखिममा पारेको नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मकवानपुरको गढी गाउँपालिकाको क्षेत्रमा रहेको सिमेन्ट उद्योगले सञ्चालन गरेको चुनढुंगा खानी अत्यन्त अव्यवस्थित र मापदण्ड विपरीत सञ्चालन भइरहेको बताएका हुन्। यसले गर्दा त्यहाँका सुकौरा, डुम्रे, धमिले, झल्ला, चौकीटोल जस्ता मानवीय बस्ती जोखिममा परेको उनको भनाइ छ।

खानीबाट निकालिएको सामग्री जथाभाबी रूपमा सामरी खोलामा फाल्दा स्थानीय विद्यालय र खेतीयोग्य जमिनमा प्रतिकूल असर परेको उनले बताए। साथै उनले देशभरिका यस्ता खानीहरूको अध्ययन गरी समस्या समाधानका लागि संसदीय छानबिन समिति गठनको माग गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।