पत्रकार बलरामलाईं मार्ने धक्की दिने अध्यक्ष रामप्रसाद घिमिरे पक्राउ

  • प्रकाशित

तु खबर डटकमका पत्रकार बलराम पुडासैनीलाईं समाचार प्रकाशनको विषयमा असन्तुष्टी जनाउँदै अश्लिन गाली गलौजसहित धक्की दिने स्ल्याब ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरे पक्राउ परेका छन् । 

धम्की आएको विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार पुडासैनीले उजुरी दिएपछि प्रहरीले घिमिरेलाई आज ९बुधबार० पक्राउ गरेको हो । घिमिरेलाई पक्राउ गरि प्रहरी हिराशतमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

 मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएको स्ल्याब ढलानको विषयमा मंगलबार समाचार प्रकाशित भएपछि स्ल्याब ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष घिमिरेले पत्रकार पुडासैनीलाई फोनमार्फत धम्की दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।