बाढी र पहिरोबाट कसरी बच्ने ? अपनाउनुहोस् यी उपायहरु

  • सोमबार, आषाढ ३० २०७६ प्रकाशित

बाढी र पहिरोको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर छ । बाढीले तराईका सयौँ घर डुबानमा परेका छन् । पहाडमा पहिरोले धेरैको ज्यान गएको छ । कति बेपत्ता भए भन्ने यकिन छैन । पानी पर्ने क्रम नरोकिएकाले अझै बाढी पहिरोको खतरा छ ।  
बाढी पहिरोले लिन्छ धन र ज्यान ! यसबाट बच्न र बचाउन बेलैमा पुर्‍याउँ  ध्यान !!
1.बाढी पहिरोको बेला के कुरामा ध्यान दिने त ? 
2.बाढीबाट जोगिन नदी तटीय क्षेत्रमा बस्न हुन्न । 
3.होचो भूभागमा आवातजावत गर्न हुन्न ।  
4.गाउँ र वस्तीमा बाढी आयो भने उचो भूभागमा जानुपर्छ ।  
5.समूहमा बस्नुपर्छ । 
6.उचो भूभागमा जाने ठाउँ छैन भने आफ्नो घरको पहिलो, दोस्रो तल्ला वा छतमा बस्न सकिन्छ । छतमा पनि बस्न सक्ने अवस्था भएन भने बाहिरबाट गएका उद्धार टोलीलाई आफ्नो समस्या भन्नुपर्छ । 
7.बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर कता बाढी जाँदैछ भन्ने थाहा पाउन सकिन्छ ।  
8.जल तथा मौसम पुर्वानुमान विभागले २४ सै घण्टा मौसमी गतिविधि अपडेट गरिरहेको छ । संम्भव भएसम्म त्यो सूचना नियमित लिनुपर्छ ।  
9.संचारमाध्यमबाट आएको सूचनालाई आधार बनाएर सतर्क हुनपर्छ ।  
10.सूचना अनुसार सुरक्षित ठाउँको पहिचान पहिले नै गर्ने र बाढी आइहाले त्यो ठाउँमा जानुपर्छ । 
11.झरी पर्न थालेपछि कुन खोलामा कहिले बाढी आउँछ भन्ने बाढी पूर्वानुमान शाखाले अनुमान गर्छ र त्यहि अनुसार सतर्क रहन सम्बन्धित जिल्लाका 12. नागरिकलाई अपिल गर्छ । तर पहिरो कतिबेला आउँछ भन्ने पहिले नै थाहा हुँदैन । तर पहिरोबाट पनि जोगिने उपाय भने छन् । 

13.ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ ।  
14.पहिले पहिरो गएका ठाउँमा फेरि पनि पहिरो जाने संभावना धेरै हुने भएकाले त्यस्ता ठाउँको पहिचान गर्नुपर्छ ।  
15.आवातजावत कम गर्नुपर्छ ।  
16.घर भत्किएर जनधनको क्षती हुने भएकाले घर बाहिर निस्किएर बस्नुपर्छ ।  
17.ठूलो पानी परिरहे जाग्राम बस्नुपर्छ । 
18.यति गर्नाले केही हदसम्म भएपनि ज्यान जोगाउन सकिन्छ । विपतको बेलामा समूहमा बस्दा एकअर्कालाई सहयोग गर्न सजिलो हुन्छ । यस्तै सम्भव भएसम्म सञ्चार माध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा बसौं । यसले उद्धार तथा राहत वितरणमा सहज हुन्छ । 
साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।