मकवानपुरको थाहा, इन्द्रसरोवर,कैलाशमा विद्युत अवरुद्ध,सुचारु हुन केहि दिन लाग्ने

  • सोमबार, आषाढ ३० २०७६ प्रकाशित

मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र आसपासका क्षेत्रमा केही दिन देखि विद्युत अवरुद्ध रहेको छ । लगातारको वर्षादका कारण धेरै ठाउँमा विद्युतका पोलहरु  र रुखहरु ढलेको कारण विद्युत प्रशारण अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख सन्तोष प्रसाद पन्तले बताए । 

उनका अनुसार सबै क्षेत्रमा मर्मतको काम भैरहेको भए पनि लगातार पहिरो गैरहेकोले सवारी आवागमनमा समस्या भएको र जनशक्ति अभावको कारण विद्युत प्रशारणमा अझै केही दिन समस्या रहेको बताए ।  
हिजो राती परेको पानीले झन धेरै ठाउँमा विद्युतका पोलहरु ढलेको र रुखहरु ढलेर तारमा परेकोले अझै के हि दिन विद्युत  प्रशारण बन्द हुन सक्ने पन्तले बताए । 

७र८ दिन देखि विद्युत प्रशारण अवरुद्ध हुँदा इन्द्रसरोवर गाउँपालिकामा फोन सम्पर्क समेत विच्छेद भएको छ । प्राकृतिक विपद सँगै अन्धकार र सम्पर्क बिहिन भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । यता थाहा नगरपालिकामा पनि केही दिन देखि विद्युत अवरुद्ध हुँदा कुनै पनि प्रशासनिक काम हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थामा पैसा झिक्न समेत समस्या भएको र मालपोत र नापी कार्यालयमा इन्टरनेट र विद्युत नभएको भन्दै सेवा नपाएको सेवाग्राहीहरुले गुनासो गरिरहेका छन् । 

पुराना पोलहरुकै भरमा विद्युतका तारहरु राखिएकाले पनि सानोतिनो वर्षादमा समेत पटकपटक विद्युत अवरुद्ध भै समस्या खेप्न बाध्य भएका स्थानियहरु विद्युत वितरण केन्द्र प्रती सधैं रुष्ट हुँदै आइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।