मकवानपुरमा बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ३ पुग्यो

  • शनिबार, आषाढ २८ २०७६ प्रकाशित

मकवानपुर निरन्तर वर्षापछि आएको बाढी र पहिरोमा परी मकवानपुरमा ३ जनाले ज्यान गुमाएका छन् । बिहिबार देखि निरन्तर भएको वर्षातको कारण मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ निवासी अन्दाजी १४ वर्षकी श्रृष्टि डिम्डुङको पहिरोले पुरिएर मृत्यु भएको २ नम्बर वडा अध्क्ष राजुमान मर्हजनले जानकारी दिए  । 
हिजो साँझ बाटोमा आएको भल कटाउन लाग्दा माथिबाट खसेको पहिरोले पुरिएको मृत्यू भएको उनले बताए ।  
लगातार बर्षातका कारणले बेलुका उद्धार गर्न नसके पछि विहान फाखेल प्रहरीको टोलिले पहिरोलाई पन्छ्याएर शब निकालेको वडा अध्यक्ष महर्जनले बताए ।   
हाल गाउँपालिकामा विद्युत सेवा समेत ठप्प हुनुको साथै यातायात समेत अवरुद्ध रहेको छ । मकवानपुरका विभिन्न ठाउँमा बाढी पहिरोले जनधनको क्षति समेत र्पुयाएको छ ।   


जिल्लाको कैलाश गाउँपालिका वडा नंबर १० नामटारस्थित शुक्रबार डर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको छ ।  खोलाले बगाएर हिजोबाट बेपत्ता भएका सुनारलाइ बगाएको स्थानबाट दुई सय मिटर भन्दा तलबाट फेला पारिएको प्रहरीले जनाएको छ । यस्तै शुक्रबार जिल्लाकै थाहा नगरपालिका वडा नंबर ३ मा महाभिर खोलाले बगाउँदा बालिका सञ्चनम बलामीको मृत्यु भएको थियो ।

मकवानपुरका धेरै ठाउँमा सडक अवरुद्ध भएका छन् कतिपय बस्ती डुबानमा परेका छन्। वर्षातको कारण धरना चतरा सडकखण्डको फुर्केचौर श्रीपुर सडकखण्डमा पहिरो जाँदा यातायात अबरुद्ध भएको छ । पहिरोको कारण निर्माणधिन सडकको केहि क्षेत्रमा भएको पिच समेत भत्कीएको छ । पहिरोले विद्युतिय पोल ढाल्दा दुई दिनबाट पुर्वी क्षेत्रमा विद्युत सेवा समेत अबरुद्ध भएको छ । यातायात बन्द हुँदा छतिवन, फापरबारी, राईगाउँ लगाएतका यात्रुहरु अलपत्रमा परेका छन् ।

वर्षातको कारण हेटौँडाबाट काठमाण्डौँ जाने सिस्नेरी, फाखेल, कान्तिलोकपथ सडक अबरुद्ध भएको छ भने पुर्वि मकवानपुरको बकैया, वागमती सडक खण्डको केहिभागमा समेत सबारी आवगमन रोकिएको छ । त्यसैगरि पश्चिम मकवानपुरको राक्सीराङ सडक पनि अबरुद्ध भएको छ । निरन्तरको वर्षातको कारण मकवानपुरको हेटौँडा भएर बग्ने राप्ती तथा कर्रा खोलाको सहत ह्वातै बढेको छ भने पुर्वी मकवानपुरको बकैया। सिमात नदीमा बाढीको खतरा बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।