महिला आवासिय, कम्प्यूटर सफ्टवयर र कुक तालिम सम्पन्न

  • मङ्गलबार, आषाढ २४ २०७६ प्रकाशित

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाले महिला आवासिय, कम्प्यूटर सफ्टवयर र कुक तालिम सम्पन्न गरेको छ । ६ महिने सिलाईकटाई तालिममा अमृता बलामी र रचना राजथलाले प्रशिक्षण दिएका थिए । 
तालिममा मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, अर्घाखाँची, दोलखा, चितवन लगायतका १९ महिलाको सहभागिता रहेको थियो । तालिममा राधिका माझी(सिन्धुली) प्रथम, सरिताकुमारी मोक्तान(मकवानपुर) दोस्रा र करिष्मा परियार(अर्घाखाँची) तेस्रा भई क्रमशः ३ हजार, २ हजार, १ हजार रुपैया प्रदान गरिएको थियो । 
तालिमका सबै सहभागीलाई तालिम समापनका क्रममा १–१ थान सिलाई मेसिन प्रदान गरिएको थियो । त्यस्तै, २१ जना सहभागी ६ महिने कम्प्यूटर सफ्टवयर तालिममा दीपक सुवेदी र अच्युत पोखरेलले प्रशिक्षण दिएका थिए । 
यसैबिच, शारिरीक रुपमा अपाङ्गता भएकाका लागि स्वरोजगार तथा सीपमुलक ३ सय ९० घण्टे कुक तालिम सम्पन्न भएको छ । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको सहयोगमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाले तालिम सञ्चालन गरेको हो । 
राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ३ सँगको समन्वयमा आयोजना गरिएको तालिममा हिराप्रसाद पौडेलले प्रशिक्षण दिएका थिए । सुनिता क्षेत्री र सरिता थापा मगरले दोभासेको भुमिका निर्वाह गरेको तालिममा १० महिलासहित १८ जनाको सहभागिता रहेको थियो । 
सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख ईन्दिरा ओझाको प्रमुख आतिथ्य रहेको समापन कार्यक्रम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाका प्रमुख युवराज गुरुङ्गको अध्यक्षतामा भएको थियो । प्रशिक्षक हिराप्रसाद पौडेल, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ३ का सहसचिव सन्तोष पौडेल लगायतले मन्तव्य व्यक्त गरेको समापन कार्यक्रममा व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका अधिकृत उत्तम दाहाल, सुब्बा नवराज सापकोटा लगायतको आतिथ्य रहेको थियो । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।