योग शिविरको समापन र योग साधना केन्द्र स्थापना

  • शनिबार, आषाढ २१ २०७६ प्रकाशित

पतञ्जलि योग जिल्ला युवा समिति मकवानपुर र मनकामना क टोल विकास संस्थाको हेटौडा ८ को संयुक्त आयोजनामा भएको योग शिविरको आज औपचारिक कार्यक्रमका बिच समापन गरि दैनिक योग साधना केन्द्रको स्थापनाका साथ दैनिक योगाभ्यास सञ्चालन भएको छ । ज्येष्ठ ३२ गते बाट सञ्चालन भएको यस योग शिविरमा कार्यक्रममा योग साधक सधिका बाट यज्ञ हवन समेत भएको थियो  ।  


देव यज्ञ सहितको आयोजना भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य गणेश कुमारी प्रधानको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पतञ्जलि जिल्ला समितिका अध्यक्ष राम कृष्ण थापा, निवर्तमान अध्यक्ष ध्रुव पौडेल  युवा प्रभारी राजु अधिकारी ,ग्राम प्रभारी रघु आचार्य , महिला उपाध्यक्ष शशिकला थापा , ७ नम्बर वडा अध्यक्ष राजन थापा जिल्ला सदस्यहरू युक्तलाल विक, ज्ञान प्रसाद चौलागाई, रक्तदान प्रभारी राम प्रसाद दाहाल केन्द्रीय प्रशिक्षक बलराम थापा जिल्ला प्रशिक्षकहरु रमा तुलाधर , सुशान्त सिलवाल, ओम सापकोटा, राजु सापकोटा लगायतकाको उपस्थिति रहेको थियो ।

 कार्यक्रम टोल विकास समितिका अध्यक्ष राम प्रसाद ढकालको अध्यक्षतामा सम्मपन्न भएको थियो । योग प्रशिक्षक रामशरण दाहालबाट आफ्नो निजी जग्गामा प्रशिक्षण हल समेतको निर्माण गरी निशुल्क स्वास्थ्य परामर्श र दैनिक योगाभ्यास गरिने समेत जानकारी प्राप्त भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।