सहकारीको कालोबजारीमा थाहा नगरपालिकाको एक्सन,

  • शनिबार, आषाढ २१ २०७६ प्रकाशित

मकवानपुरको थाहामा निर्धारण गरेको दर रेटमा भन्दा बढी मूल्य लिई रासायनिक मल बिक्री गरेको खबर आए सँगै थाहा नगरपालिकाले एक्सन लिएको छ । केहि दिन यता हजुरको खबर डटकम अनलाइन मिडियामा यस्तो खबर आए पछि थाहा नगरपालिकाले कृषि सहकारी प्रमुखको भेला गराई सत्यतथ्य बुझेको हो ।  
यही असार १५ गते थाहा नगरपालिका वडा नं. ५ का कृषक रामचन्द्र बिडारीलाई २५ केजी युरिया मललाई प्रतिकेजी २५ रुपैंया लिई बिक्री गरेको थियो । सहकारी संस्थाले यो दर जिल्लाले निर्धारण गरेको दररेट भन्दा ६ रुपैंया ९० पैसा बढीमा बिक्रि बितरण गर्दै आइरहेको थियो भने सहकारीले आफैले निर्धारण गरेको दररेट भन्दा ७ रुपैंयाले बढी लिएको हो । 
यसरी खुलेआम ठगिधन्दा गरिरहँदा समेत प्रशासन किन मौन ? शिर्षकको समाचार बाहिर आए पछि थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीको अध्यक्षतामा थाहानगरका मलखाद बिक्रेता सहकारीहरुको बैठक बस्यो र सो बैठकले ५ बुँदे निर्णय अघि सार्यो ।  

हेर्नुस् निर्णयहरु 
 सहकारीहरुले मलखाद बिक्रि बितरण गर्दा जिल्लाबाट आएको तोकेको रेटदरमा बिक्रि बितरण गर्ने । 
 अनिवार्य रुपमा खुद्रा बिक्रि बितरण गर्ने । 
 यस पुर्व मलखाद बिक्रि गर्दा कुनै सहकारीले आपुर्तिको दररेट भन्दा बढिमा मलखाद बिक्रि गरेको भन्ने पाइएकोले बिक्रि गरेको किसानलाई ७ दिन भित्र रकम फिर्ता गर्ने र रकम फिर्ता गरे नगरेको नगरपालिकामा उप—प्रमुखको संयोजकत्वमा गठित समितिले अनुगमन गर्ने ।  
 मलखाद सहकारीकै कक्षबाट बिक्रि बितरण गर्नु पर्ने । 
 मलखाद बिक्रि गर्ने सहकारीले मासिक रुपमा खरिद बिक्रि प्रगति बिवरण नगरपालिकाको कृषि शाखामा पेस गर्ने 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।