जनप्रिय माबिद्वारा अवलोकन भ्रमण

  • बिहीबार, आषाढ १९ २०७६ प्रकाशित

हेटौडा १६ मा रहेको जनप्रिय माविले कक्षा ८ र कक्षा ९ बालीविज्ञान तर्फका विद्यार्थीलाई बन तथा वातावरण , जलाधार क्षेत्र, भूक्षय नियन्त्रण र तटबन्धको विषयमा जानकारी गराउने उद्धेश्यले जरुङ शक्ति सामुदायिक बन उपभोक्ता समिति अन्तर्गत शक्तिखोला चेक ड्यामको स्थलगत अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

 पानीको तिब्र बाहकले स्खलित हुँदै फराकिलो खहरेको रुपमा परिणत भएको उक्त क्षेत्र जिल्ला वन कार्यालय अन्तर्गत राष्ट्रपति चुरे संरक्षण र हेटौडा उपमहानगर पालिकाको विशेष पहलमा तट बन्धन गरी पानीको मुहान, वन र माटोको संरक्षणमा विशेष भूमिका निर्वाह भएको छ । जलाधार संरक्षण र वातावरणीय संरक्षणमा व्यापक सुधार आएको छ ।

 विद्यार्थीहरुले वन समितिद्वारा संरक्षण गरिएको बोट बिरुवा, वनस्पति र जडीबुटी को सूची तयार गरी वन जंगलको महत्व जलाधार क्षेत्र बारेमा जानकारी सूचना, तट बन्धन द्वारा माटोको संरक्षणलाई गहिरो रुपमा अध्ययन गरेका थिए । यस अवलोकन भ्रमणले बिषय वस्तुको ज्ञानलाई सहज र सजिलो बनाई दिएको छ ।

 भ्रमणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाई शिक्षकहरू युक्तलाल विक, विदुर सापकोटा, रुपा विक, अस्मिता बास्तोला, संगीता भुजेल लगायतकाको उपस्थिति थियो भने जरुङ शक्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुमार सिंह खड्का र सचिव पम्फा राना लगायत कार्य समितिका अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो । स्थलगत भ्रमणमा वन समितिको तर्फबाट सहजीकरण गरी महत्वपूर्ण भूमिका निर्वाह भएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।