थाहाका अशक्तलाई तालिम

  • बिहीबार, आषाढ १९ २०७६ प्रकाशित

थाहा ÷ थाहा नगरपालिका सामाजिक विकास शाखाको आयोजना तथा थाहा नगर अपांगता सरोकार समितिको व्यवस्थापनमा अपांगता भएका व्यक्तिहरुका लागि बाँसको मुडा बनाउने एक हप्ते तालिम आज सम्पन्न भएको छ ।  
थाहा नगरपालिकाको विकासघरमा भएको तालिममा थाहा नगरभरिबाट १३ जना अपाँगता भएका व्यक्तिहरुले तालिम प्राप्त गरेका छन् । थाहा नगरपालिका सामाजिक विकास शाखाका संयोजक तथा थाहा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष किरणमान बलको सभाध्यक्षतामा आज एक कार्यक्रमको विच तालिम समापन गरिएको हो ।  
समापन कार्यक्रममा बोल्दै संयोजक बलले तालिम लिएर यसको सदुपयोग गर्न सकेमा तालिम अत्यन्त फलदायी हुने र तालिम बाट सिकेको सिपलाई व्यवसायिकरण गरिदिनकालागि भैपरि आउने व्यवस्थापकीय भूमिकाका लागि आफू र नगरपालिका सदैभ सकरात्मक रहेको बताए ।  
कार्यक्रम सञ्चालनको क्रममा बोल्दै सामाजिक विकास शाखा प्रमूख अनिल लामिछाने –अपांगता भएका व्यक्तिहरुको क्षमता तथा सिपमा थप नयाँ उर्जा मिलोस भनि तालिमको आयोजना गरिएकोे बताए । थाहा नगरपालिकाले अघिल्लो वर्ष पनि मुडा बनाउने तालिम गराएको थियो ।  
कार्यक्रममा महिला तथा बालबालिकाका संयोजक ससिकला सम्बा हाम्फे, थाहा नगरपालिका वडा नं ४ का सदस्य सोनिया सुनार लगायतको उपस्थिति रहेको थियो । तालिमलाई रामचन्द्र राईले सहजिकरण गरेका थिए ।  
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।