नेपाल पत्रकार महासंघ प्रदेश नम्वर ३ समितिले घोषणा गरिएका प्रस्तावहरु यस्ता छन् ( हेर्नुस् )

  • बिहीबार, आषाढ १९ २०७६ प्रकाशित

१)नेपालको संविधान २०७२ माउल्लेख भएका प्रेस तथाअभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूतिगर्दै नेपालपक्ष राष्ट्र रहेकाअन्तर्राष्ट्रिय घोषणापत्रका मुल्य, मान्यताअनुसार सञ्चार सम्बन्धीकानुन र संरचनानिर्माण गर्न तीनै तहका सरकारसँग मागगर्दै प्रेस स्वतन्त्रता संकुचितपार्ने कुनै पनिकिसिमकानीति, ऐन, कानून, नियमावली, निर्देशिका र संरचनानबनाउन यो साधारणसभा जोडदार मागगर्दछ ।  
२) प्रेस स्वतन्त्रता, सूचनाको हकएवं अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चितगर्न मागगर्दै संसदमादर्ता भएको मिडिया विधेयकतत्कालफिर्ता लिनमागगर्दर्छाै ।साथै यो विधेयकपूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टीसहित संचार सम्वन्धीएकीकृत कानून यथासिघ्र निर्माण गर्न यो साधारणसभा मागगर्दछ । साथै मिडिया विधेयककाबारेमाभईरहेकाआन्दोलनवार्ता र सहमतिमार्फत अन्त्यगर्न सरोकारवालानिकायलाई यो साधारण सभा अनुरोध गर्दछ ।  
३¬) नेपाल सरकारले श्रमजीवीपत्रकारको न्यूनतमपारिश्रमिक बृद्धि गर्ने निर्णय गरे पनिअधिकतम सञ्चार गृहबाट पत्रकारलाई तोकिएअनुसार पारिश्रमिक, सेवा सुविधानदिएको हुँदा घोषित पारिश्रमिकसहित सेवा सुविधाअविलम्बउपलब्ध गराउनतथाश्रमजीवीपत्रकार ऐनको पूर्ण कार्यान्वयनगर्न यो साधारण सभामागगर्दछ । साथै श्रमजीवीपत्रकार ऐन कार्यान्वयनकालागिदबावमूलककार्यक्रमहरु अघि बढाउन यो साधारणसभा केन्द्रीय समितिलाई अनुरोधगर्दछ ।  
४¬)मुलुकमा संघीयता कार्यान्वयनभईसकेको अवस्थामा संचार माध्यमको दर्ता, प्रेस पास वितरण, लोककल्याणकारी रकमभुक्तानीलगायतको व्यवस्थाजिल्ला तहबाटै गर्न, सञ्चार माध्यमको वर्गीकरण प्रदेशस्तरबाटै गर्न, सामुदायीकतथानिजी क्षेत्रबाट सञ्चालित स्थानीय सानालगानीसँगै स्वरोजगारमुलक मिडिया प्रबद्र्धन गर्न, स्थानीयतहका विज्ञापन स्थानीय सञ्चार माध्यमलाई प्रदानगर्न र समानुपातिक विज्ञापन प्रणाली लागू गर्न यो साधारणसभा जोडदार मागगर्दछ । 
५)अनलाइन सञ्चार माध्यममाप्रकाशित समाचारको विषयमाचित्तनबुझ्दा समाचार लेख्ने र प्रकाशनगर्ने पत्रकारलाई विद्युतीयकारोबार ऐन २०६३ को दफा ४७÷४८ अनुसार कठोर कारबाहीगर्ने गरेकोमाआपत्तिजनाउँदैनियमनकारी निकाय प्रेस काउन्सिलमार्फत नै आवश्यकप्रक्रिया अगाडि बढाउन तथाविद्युतीयकारोवार ऐनको सो दफापत्रकार र आम सञ्चार माध्यमकाहकमाआकर्षित नहुने सुनिश्चिततागर्न मागगर्दछ । रेडियो, अनलाइन संचारमाध्यमलाई छापामाध्यम सरहको मान्यताप्रदानगर्न मागगर्दै पछिल्लो पटक नविकरणको नाममाअनलाइनहरुको दर्ताखारेज गरिएकोमागम्भिर आपत्ति प्रकट गर्दै तत्कालनविकरण हुने व्यवस्थागर्न मागगर्दछ । 
६¬) प्रदेश र स्थानीय सरकारमार्फतप्रदानगरिने स्थानीयतहका विज्ञापनहरु सरोकारवाला संघ संस्थाको सहभागितामा एक संयन्त्रबनाई सो संयन्त्रमार्फत समानुपातिक ढंगले वितरण गर्न सबै प्रदेश तथा स्थानीय सरकारसँग मागगर्दछ । 
७)पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई जोड दिँदै सार्वजनिक पद धारण गरेकाव्यक्ति, अन्य राजकीयनियुक्तिपाएकातथा पूर्णकालीन राजनीतिज्ञको भूमिकामा रहीकामगरिरहेका सदस्यपत्रकार, पेशा परिवर्तन गरेका र सक्रियपत्रकारितामा संलग्ननभएकाहरुलाई नेपालपत्रकार महासंघको सदस्यताकायम नरहनकालागिपहिलो चरणमा स्वैच्छिक घोषणाको मौकादिने र ससम्मानबिदादिने नीतिलाई कडाईका साथकार्यान्वयनगर्न केन्द्रीय समितिलाई अनुरोध गर्दछ । साथै पत्रकार महासंघको नयाँ सदस्यतावितरण गर्दा निरन्तर सक्रिय, मिडियामा आबद्ध, पत्रकारितालाई मूल पेशाबनाएकालाई मात्र सदस्यताप्रदानगर्न तथानवीकरण गर्दानिस्क्रिय रहेका, वैदेशिक रोजगारीमागएका, राजनीतिकदलका पूर्णकालीनकार्यकर्ता, स्थानीय÷प्रदेश र संघीय निर्वाचनमाउम्मेदवार भई निर्वाचितभएका र सरकारी सेवामा रहेकाको सदस्यताखारेज गरी सदस्यता शुद्धीकरण कार्यान्वयनगर्न निर्देश गर्दछ । 
८)निरन्तर तीस वर्षपत्रकारिता गरेका, ६० वर्ष उमेर पुगेकाअग्रजपत्रकारहरु तथाअपाङ्ताभएकापत्रकारहरुलाई मासिक रुपमाजीवननिर्वाहभत्ताउपलब्ध गराउन यो साधारणसभा आग्रहगर्दछ । साथै ज्येष्ठ पत्रकारहरुको सदस्यता सम्मानस्वरुपनिशुल्कनविकरणको व्यवस्थागर्न यो साधारणसभा निर्देश गर्दछ । 
९)आम सञ्चार माध्यम र पत्रकार सम्बद्ध संघसंस्थालाई महिला, दलित, आदिवासीजनजाति, मधेसी, अपाङ्गता, अल्पसंख्यक, पिछडावर्गलगायतलाई समेटेर पूर्ण समावेसी बनाउन यो साधारणसभा मागगर्दै ती समुदायबाट सञ्चालितआमसञ्चार माध्यमतथामातृभाषामाप्रकाशित प्रसारित सञ्चार माध्यमहरुलाई प्रोत्साहनकालागिविशेष सहुलियतको व्यवस्थागर्न आग्रहगर्दछ । यसैगरी सरकारी सञ्चार माध्यममामातृभाषाकार्यक्रमकालागिलिइने परीक्षामामातृभाषामै प्रश्नपत्र र उत्तर दिने व्यवस्थागर्न आग्रहगर्दछ ।  
१०)पत्रकारको क्षमताअभिवृद्धि तथा संस्थागतविकासकालागिआवश्यकतालिम, अध्ययन–अनुसन्धानकालागिप्रदेशस्तरमै आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनागर्न मागगर्दछ । साथै केन्द्रिय स्तरको आम संचार प्रशिक्षण प्रतिष्ठान बनाउने सरकारको निर्णय र उक्त प्रतिष्ठान चितवनजिल्लामाबनाउने नेपालपत्रकार महासंघ केन्द्रिय समितिको नीतिगत निर्णयलाई अविलम्वकार्यान्वयनगर्न यो साधारण सभा अनुरोध गर्दछ । पत्रकारलाई थपअध्ययनकालागिनिष्पक्ष र पारदर्र्शी रुपमा छात्रबृत्तिकार्यक्रमलागू गर्न मागगर्दछ ।  
११)पत्रकार महासंघमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई दुर्घटना तथा स्वास्थ्यबीमाको अनिवार्य व्यवस्थागर्न र विमाको व्यवस्थागर्दा सूचनाविभागले उपलब्ध गराएको प्रेस पास नभएकाव्यक्तिको हकमापत्रकार महासंघको सिफारिसबाट हुने व्यवस्थागर्न प्रस्तावगर्दछ ।  
१२)आमसंचार नीति २०७३ ले निर्देश गरे अनुसार कानून र संरचनाबनाउन र मिडियाको वर्गीकरण गर्न मागगर्दछ । नेपालको संविधानले विद्युतीय र छापामाध्यमलाई समान हैसियतदिएपनिव्यवहारमा रेडियोलाई विभेद गरिएको हुँदा सामुदायिकतथा सानालगानीका रेडियोलाई रोयल्टी र नवीकरण शुल्कमिनाहगर्न र समानुपातिकलोक कल्याणकारी विज्ञापन नीतिकार्यान्वयनगर्न प्रस्तावगर्दछ ।  
१३) नेपालपत्रकार महासंघको सदस्यता परिचयपत्रको आधारमा सिंहदरबार प्रवेशको सहजव्यवस्था, बिमाको व्यवस्थासहितअन्य सुविधाउपलब्ध गराउन यस साधारणसभा मागगर्दछ ।  
१४) नेपाली सञ्चारमाध्यमहरुमा दृष्य, अदृष्यतवरले विदेशीलगानीभित्र्याउननपाइने व्यवस्थागर्न यो साधारणसभा प्रस्तावगर्दछ । कुनै सञ्चारमाध्यममात्यसखालको लगानीभित्रिएको छ भने तत्कालअबैध घोषणा गर्न आग्रहगर्दछ ।  
१५) संघीय संरचनाअनुसार नेपालपत्रकार महासंघको विद्यानतयार गर्ने पोखरामा सम्पन्न केन्द्रिय साधारण सभाको निर्णयलाई तत्कालकार्यान्वयनगर्न यो साधारण सभा केन्द्रिय समितिलाई अनुरोध गर्दछ ।  
१६)प्रमुखपर्यटकीय नगरी प्रदेशनम्वर ३ काप्रमुखपर्यटकीय स्थलहरुको पर्यटकीय विकास र समृद्धिका लागितत्कालपहलगर्न नेपाल सरकारलाई अनुरोध गर्दै प्रदेश सरकारद्वारा घोषणा गरिएको आन्तरिक पर्यटन वर्षसफलपार्न आवश्यकप्रचार प्रसारकालागि सम्पूर्ण सञ्चारकर्मीतथा सञ्चारमाध्यमहरुमाहार्दिक आह्वानगर्दछ । 
१७) यस साधारणसभा विभिन्न समयमामारिएकापत्रकारहरुप्रतिउच्च सम्मानव्यक्तगर्दै पत्रकारकाहत्यारालाई कारवाहीको दायरामाल्याउन, वेपत्तापत्रकारको अवस्था सार्वजनिकगर्न तथा घाइतेको उपचार गर्न मागगर्दछ । 
अन्त्यमा, साधारणसभा भव्य रुपमा सफलपार्न सहयोगका साथै महत्वपूर्ण भूमिकानिर्वाहगर्नु हुने प्रदेश सरकार, आन्तरिक मामिलातथाकानूनमन्त्रालय, प्रेस रजिस्टारको कार्यालय, नेपालपत्रकार महासंघ केन्द्रिय समिति, प्रदेश समिति,मकवानपुरशाखा, हेटौडा उपमहानगरपालिका, भिमफेदीगाउँपालिका, न्युनतमपारिश्रमीकनिर्धारण समिति, राष्टिय सूचनाआयोग, एवं सबै संघ संस्था, आमपत्रकार साथीहरु र स्थानीयजनसमुदायप्रति यस साधारणसभा हार्दिक धन्यवादका साथ कृतज्ञता ज्ञापन गर्दछ । 
प्रस्ताव लेखन समिति 
सदस्यहरु  
मोतीरामतिमल्सिना 
नवराज छतकुल्ली 
राधेश्याम खतिवडा 
महेशश्रेष्ठ 
बद्री नयाँघरे 
राजनकार्की 
हरि पोखरेल 

२०७६ असार १९गते हेटौडा 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।