घरभाडामा वस्ने छोरी समान युवतीमाथि घरधनीले गरे वर्ष दिनसम्म लगातार बत्लात्कार

  • मङ्गलबार, आषाढ १७ २०७६ प्रकाशित

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा बत्लात्कारका घटनाहरु बढ्दै  गइरहेका छन्। यो बीचमा झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले त्रासमा पारी एक वर्षदेखि बत्लात्कार गर्दै आएको भनी कानूनी उपचारका लागि प्रहरीमा उजुरी दिएकी छन्। पीडित किशोरीको परिवार खड्का थरका स्थानीयवासीको पुरानो घरमा भाडामा बस्दै आएको बताइएको छ। घरधनी खड्काले नै बत्लात्कार गरेको भनी दोषी किटान गरेर धुलाबारी इलाका प्रहरी कार्यालयमा  पीडितले उजुरी दिएको प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनुभयो।

 अभियुक्त खड्काले साँझ पछिल्लो पटक बत्लात्कार गरेपछि मेचीनगर–१० स्थित आम्दा अस्पताल नजिकै ती किशोरीलाई सडकमा अलपत्र छाडेका उजुरीमा बताइएको छ । स्थानीयवासीले पीडित किशोरीलाई रुँदै सडकमा बसिरहेको अवस्थामा फेला पारेर प्रहरीलाई बुझाएका थिए। अभियुक्त खड्का फरार भएकाले खोजतलास तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ। पीडित किशोरीले आफूलाई पटक–पटक बत्लात्कार गर्दै आएका खड्काले कतै सुनाएमा ज्यानमार्ने धम्की पनि दिँदै आएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।