३४ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

  • हजुरको खवर
  • आइतबार​, बैशाख २३ २०८१ प्रकाशित

३४ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले यागेश राईलाई पक्राउ गरेको हो ।

उनले रोहित श्रेष्ठ र विजेन्द्र श्रेष्ठलाई वैदशिक रोजगारीका लागि बेयालत पठाइदिन्छु भन्दै ३४ लाख २३ हजार ३ सय रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।पक्राउ परेका राईविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको एसपी नवराज अधिकारीले बताउँनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।