मुख्यमन्त्री जम्मकट्टेलद्वारा शिक्षा विकास निर्देशनालय भवनको शिलान्यास

  • हजुरको खवर
  • शुक्रबार​, बैशाख २१ २०८१ प्रकाशित

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित सिर्जना बस्तीमा शिक्षा विकास निर्देशनालय हेटौंडाको आफ्नै सुविधासम्पन्न भवन निर्माणको काम सुरु भएको छ। बागमती प्रदेश सरकारअन्तर्गतको यस निर्देशनालयको भवन चालु आर्थिक वर्षमा जग र एउटा तला निर्माण गरिनेछ भने अर्को वर्ष सम्पन्न गरिनेछ।

आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भवन निर्माणको शिलान्यास गर्नुभयो। उहाँले यस क्षेत्रको विकासमा यो भवनले सहयोग पुग्नेमा विश्वस्त रहनुभएको छ। स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार निर्माण वा रोजगारीका कामहरु गर्न आफू तयार रहेको उहाँले बताउनुभयो।
सामाजिक विकास मन्त्री कुमारी मुक्तानले यो बहुउपयोगी भवन हुनेमा विश्वस्त व्यक्त गर्नुभयो। पहिले जग्गाको समस्याले गर्दा निर्माण रकम फ्रिज भएकाले चरणबद्ध रुपमा निर्माण गरिने बताउनुभयो।

हेटौंडा मेयर मिना कुमारी लामाले प्रदेश राजधानीका संरचना निर्माणमा सहयोग गरिरहनुभएको बताउनुभयो। शिक्षा निर्देशक दिपेन्द्र सुवेदीका अनुसार ८ कठ्ठा १६ धुर क्षेत्रफलमा बन्ने यस भवनले ४० हजार शिक्षकका फाइलहरु व्यवस्थित गर्न सहयोग पुग्नेछ। पहिलो चरणमा ३ करोडमा ठेक्का लगाइएको र १ करोड ९३ लाख ६१ हजारमा निर्माण हुनेछ।जनपत्रबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।