मकवानपुरे चर्चित मोडल स्याङतानकोे .....जनम जनमको साथ’ गीतको भिडियो सार्वजनिक

  • हजुरको खवर
  • शुक्रबार​, माघ ३० २०७७ प्रकाशित

मकवानपुरे चर्चित मोडल सगुन स्याङतानको प्रेम समर्पणको भाव भल्किने ‘जनम जनमको साथ’ गीतको भिडियो सार्वजनिक भएको छ । रिन्कु सापकोटाकोे शब्द,संगीत रहेको...‘जनम जनमको साथ’ नामक गीतमा स्याङतानलाई प्रिन्सिका श्रेष्ठले साथ दिनुभएको छ ।  
दिन प्रतिदिन म्यूजिक भिडियोमा बजारमा आईरहेका स्याङतानले सबैजनाबाट राम्रो प्रतिक्रिया पाइरहेका बताउनु भयो । उहाँले भन्नुभयोे, ‘धेरै भिडियोमा मोडलिङ गरेको छु तर पछिल्लो के खानु कसम र यो म्यूजिक भिडियो बजारमा आएसँगै सकारात्मक प्रतिक्रिया र स्यावासीले थप हौसला मिलेको छ।’ ‘जनम जनमको साथ’ बोलको गीतको म्यूजिक ओ.एस.आर. डिजिटल नामक यूट्यूव च्यानबाट भिडियो सार्वजनिक गरेको हो । 
सार्वजनिक भएको केही समयै स्रोता, दर्शकले मन पराएका छन् । प्रेम समर्पणको भाव समेटिएको गीत ‘जनम जनमको साथ’ मा यो जोडीको अभिनय गज्जव खुलेको छ । उहाँले यस अघि पनि धेरै गीतमा मोडलिङ गरिसक्नु भएको छ । 
सुमित लामाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा रोशन फ्यूबाको यस गीतमा मिक्सिङ रहेको छ । क्यामेरा लक्ष्मण घिमिरे र बिष्णु सेवाले ड्रोनको भुमिका निवार्ह गर्नु भएको छ । सार्वजनिक भएको दिन मै १८ हजार भन्दा वढि हेरिसकेका छन् । 

हेर्नुस् भिडियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।