कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

  • हजुरको खवर
  • बिहीबार, बैशाख १३ २०८१ प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् ।विश्वासको मतदानमा विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १२ मत परेको थियो । त्यस्तै एक मत तटस्थ रहेको थियो । 

४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सांसद रहेका छन् । त्यस्तै कर्णालीमा कांग्रेसका १४, राप्रपा र स्वतन्त्रका एक एक सांसद रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।