राष्ट्रिय युवा परिषदका नव-नियुक्त उपाध्यक्ष द्वारा पदभार ग्रहण

  • Suraydeep Bhujel
  • शुक्रबार​, जेष्ठ १६ २०७७ प्रकाशित

दिनेश कार्की 

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय युवा परिषदका नव नियुक्त उपाध्यक्ष माधब ढुङ्गेलले पद तथा गोपनियताको सपथ लिएका छन्। ढुङ्गेलले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयको सभाहल मा माननीय मन्त्री जगत बहादुर सुनार( विश्वकर्मा) बाट सपथ लिएर शुक्रबार नै परिषदको कार्यकारी उपाध्यक्षको पदभार ग्रहण गरेका हुन्।

परिषद स्थापनाकाल देखि नै नेतृत्व सम्हाल्दै आउनु भएका ढुङ्गेलको चार वर्षे कार्यकाल गत फागुन १८ गते सकिए पछि बितेका ३ महिना परिषद नेतृत्व बिहिन बनेको थियोे। तत: अनुरुप "राष्ट्रिय युवा परिषद एेन २०७२" बमोजिम युवा तथा खेलकुद मन्त्रालयको सचिव स्तरिय समितीको सिफारिसमा गत जेठ १२ गते बसेको मन्त्री परिषदको बैठक बाट परिषदमा पुनः ढुङ्गेल लाई नै कार्यकारी उपाध्यक्षको जिम्मेवारीमा नियुक्ति गरेको हो।

शुक्रवार मन्त्रालयमा एक समारोहको बिच पद तथा गोपनियताको सपथ ग्रहण गराउनु हुँदै युवा तथा खेलकुद मन्त्री माननीय जगत ब.सुनार(विश्वकर्मा) ले नव नियुक्त उपाध्यक्ष लाई बधाई तथा शुभकामना दिनु भएको थियोे। शुभकामना दिँदै मन्त्री सुनार भन्छन् :- राष्ट्रिय युवा परिषदले पुनः अनुभवी र प्रखर नेतृत्व पाएको छ। युवा आन्दोलनको गर्विलो इतिहास लाई स्मरण गर्दै त्यही युवा आन्दोलनकै उपजको रुपमा युवाका मुद्दा हरुलाई दरिलो ढङ्गले उठान गर्न स्थापना भएको परिषदमा उहीँ व्यक्तिको नेतृत्व रहँदा परिषद अझै बलियो भइ सबै युवाको पहुँच र अभिभावकिय भुमिकामा रहने विश्वास छ।

नवनियुक्त कार्यकारी उपाध्यक्षले शपथ ग्रहण पछि शुक्रबार नै आफ्नो कार्यलयमा पद बहाली गर्नु भएको छ। बितेका चार वर्षमा खुल्ला चौर बाट सुरु गरेको परिषद वर्तमान सम्म आइपुग्दा आफ्नै भवन,कर्मचारीको तालमेल, लाखौं युवाहरुलाई उद्धमशिलता मा प्रेरित,युवालाई स्वयंसेवकिय कार्यमा प्रेरित गरि युवालाई आफ्नो जिम्मेवारी र माटो चिनाउने अभियान लाई सार्थक बनाउन सकारात्मक बाटो तय भएको उपाध्यक्ष ढुङ्गेल बताउँछन् ।

पद बहाली गर्दै गर्दाको पहिलो दिन अब उप्रान्त परिषदको कार्यलयमा सम्भावना भए सम्म कुनै पनि किसिमको विदेशी सामान प्रयोग र खरिद नगर्ने अठोट ढुङ्गेलले गरेका छन् । जसबाट आम नेपाली युवालाई स्वदेशी सामान उत्पादन र प्रयोगमा प्रोत्साहन र उत्प्रेरित हुने ढुङ्गेलको दाबी छ। उपलब्ध स्रोत र साधनको प्रयोग बाटै उल्लेख नतिजा दिन सदैव अाँट गर्ने र नेपाली युवालाई स्वदेशमै रोजगारी र उद्धमी बनाइ देशको माटो सङ खेल्न उत्प्रेरित गर्ने उहाँले बताए।

अन्तमा: आफुलाई विश्वास गरि नेपाल सरकारले दिएको जिम्मेवारी प्रती आभार प्रकट गर्दै ढुङ्गेलले भन्नू भयो:-वर्तमान समयको बढ्दो बेरोजगारी र बिदेश बाट नेपाल आउने समग्र नेपाली युवालाई उत्पादन मुखी कामको सिर्जना गरि अबको दिनमा नेपालमै स्वरोजगार बनाउन परिषद कहिले पनि चुक्ने छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।