हेल्प डेक्स नेपालका पदाधिकारीलाई शव व्यवस्थापन सम्बन्धी तालिम

  • हजुरको खवर
  • शुक्रबार​, श्रावण १५ २०७८ प्रकाशित

कोरोनाको कहरको वेला हटौँडा अस्पताल परिसरमा हेल्प डेक्स स्थापना गरि सेवा प्रवाह गरेको सामाजिक संस्था हेल्प डेक्स नेपाललाई शव व्यवस्थापन सम्बन्धी तालिम दिएको छ । सुपारेटार ब्यारेक पुरानो गोरखगणका नेपाली सेनाको टोलीद्धारा हेल्प डेक्स नेपालका पदाधिकारीहरुलाई तालिम दिएको हेल्प डेक्स नेपाल संयोजक रामकृष्ण शिवाकोटीले बताउनु भयो । 
सो तालिममा संयोजक रामकृष्ण सिवाकोटी सहित सदस्यहरु, राजेश गरिब, बुद्ध ब्राम्ह, रोजन घिमिरे,रोयल बानियाँ, यदुनाथ देबकोटा,आशीश सिंह ठकुरी, सुजन सिलवाल लगायत सहभागी भएका थिए । यसै विषयममा बोल्दै रामकृष्ण सिवाकोटीले कोरोना संक्रमणले मृत्यु हुँदा नेपाली सेनाले मात्रै शव व्यवस्थापनमा जुटेसंगै केही समस्या देखिएको अवस्थामा आफुहरु पनि नेपाली नागरिक भएकाले समाजमा सानो भएपनि सहयोग गर्नका लागि तालिममा सहभागी भएएको बताउनु भयो । 
कोभिड हेल्प डेक्स नेपालले ४५ दिन अस्पताल परिसरमा रहेर मा बिहान ५ बजेदेखि राती ९ बजेसम्म सेवा प्रदान गरेको थियो भने फोन मार्फत २४ घण्टा सेवामा खटेको थियो । निषेधामा बिभिन्न स्थानबाट जुटाएर अस्पतालमा बिरामी लिएर आउनेहरुका लागि निःशुल्क खाजा, खाना,पानी,मास्क लगाएतका सामग्री बितरण समेत गरेको भन्दै संयोजक शिवाकोटीले सेवालाई निरन्तर दिने बताउनु भयो । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।