हेटौडामा १० वर्षीया बालिका खोलाले बगाएर मृत्यु

  • हजुरको खवर
  • बिहीबार, आषाढ २८ २०८१ प्रकाशित

हेटौडा उपमहानगरपालिका वडा नम्बर–१८ बरौलीखोला स्थितमा खोलाले बगाएर बालिकाको मृत्यु भएको छ ।

स्थानीय धन बहादुर बलको छोरी १० वर्षकी रसमती बल खेतमा जाँदा खोला हेर्ने क्रममा अचानक आफै चिप्ली बरौली खोलामा परी सोही खोलामा आएको बाढिले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक बालिकाको शव कानूनी प्रकृया पुरा गरि पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।जनपत्रबाट


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।