हेटौंडा १२ का वडाध्यक्ष ललित घलान फूलखेतिबाट लाखौंको आम्दानी गर्दै

  • हजुरको खवर
  • आइतबार​, कात्तिक २३ २०७७ प्रकाशित

हेटौंडा ÷ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष ललित घलान जनप्रतिनिधिसँगै कहलिएका फूल व्यवसायी समेत हुन् । सरकारी कार्यहरु सँगै घलान एक कर्मठ किसान हुन् । २०३९ साल मंसिरमा जन्मिएका घलान १७ बर्षकै उमेर अर्थात २०५६ सालमा माओवादीको जनयुद्धमा होमिन पुगे । स्कुल पढाई गर्दागर्दैै घलान जनयुद्धको प्रभावका कारण आफु राजनितिमा लाग्न पुगेका हुन् । बाल्य उमेरमै जनयुद्धमा जानु नै राजतितिमा पाइला राख्ने खुड्किलो तय भएको उनी बताउँछन् । घलान बिहान परिवारका अन्य सदस्यहरु भन्दा पहिले नै उठ्छन् । फूलबारी तथा तरकारी बारीको एकपटक सधैं निरिक्षण गर्नु नै उनको दैनिकीको पहिलो कार्य अन्र्तगत पर्ने गर्दछ । बिहानभर आनो तरकारी तथा फूलबारीमा नै काम गर्ने गर्दछन् । दिउँसोको लागि घलान वडाबासीहरुको सेवामा पनि उत्तिकै तत्पर रहन सफल भएका छन् । समयले भ्याएसम्म वडाका नागरिकहरुको समस्या सुन्ने र सावधानको लागि प्रयत्न गर्दैमा व्यस्त हुन्छन् । जब उनको वडाको कार्यहरु सम्पादन गरेर सकाउँछन् तब घलान बाटोमा अल्मल गर्दै फाल्तु गफ गरेर बरालिएर बस्न रुचाउँदैनन् । सिधैं उनको पाइला घर तर्फ नै मोडिन्छन् ।
  वडा कार्यालयको काम सकेपछि उनी आनै बारीमा व्यस्त हुन्छन् । जनताको कामको चटारोसँगै फूल तथा तरकारी बेच्न उनलाई भ्याइनभ्याइ छ । ३ बर्ष अघिदेखि पहिलोपटक व्यावसायीक पुष्पखेती सुरू गरेका उनलाई यो तिहारको लागि मात्र ४ लाख भन्दा बढिको फूल बिक्री हुनेमा उनी ढुक्क छन् । 
उनको फूलखेतीलाई यो बर्ष भने कोरोना माहामारीले केही प्रभाव भने पक्कै पारेको छ । असार महिनामा रोपिएको सयपत्री फूलहरु लगभग असोज महिना देखि नै फुल्न सुरु गर्छ । हाइब्रिट जातका सयपत्री फूलको उत्पादन लोकल सयपत्री फूलहरु भन्दा कम समयमानै हुने पुष्प व्यवसायीहरुले बताउँछन् । मंगल कार्य देखि शोक सभामा समेत आवश्यक हुने सयपत्री फूलको व्यवसायिक खेती गर्ने सोच घलानलाई २०७४ सालदेखि आएको उनले अनुभव सुनाए । 
पशुपालन तथा तरकारी खेती गर्दै आइरहेका घलानले फूलखेती पनि फाइदाजनक छ भन्ने कुरा थाहा पाए । तिहार जस्ता ठुल्लठुला पर्वहरुमा मात्र नभई रहेक स्थितीमा फूलको प्रयोग हुँदै आएको देख्दा उनी फूल खेती तर्फ आकर्षित भएको बताउँछन् । “यसो कार्यक्रमहरुमा जान्थें । त्यहाँ स्वागतको लागि हातमा फूल लिएर बसेको देख्थें । फूलको माला लगाएर सम्मान गरेको देखिन्थ्यो । त्यही कुराहरु बाट प्रभावित भएर अन्त्यमा व्यवसायिक फूल खेति गर्ने अठोठ गरेको हुँ ।” फूलको माग तथा बजार देखेर फूलखेती गर्नमा लागिपरेको उनी बताउँछन् । 
। यस वर्ष उनल  ३ कठ्ठा जमिनमा फूलखेती गरेका छन् । हामीले गरेको कामबाट नै जनताले सिक्ने हुन् । काम गरेर पनि देखाउनुपर्छ भन्ने सोचले ३ वर्षदेखि यो काम सुरू गरेको हुँ । यसवर्ष अन्य किसान पनि फूलखेतीमा लागेका छन्, उनले भने, म सँगै यहि वडामा अन्य ३ जना किसानहरुले पनि व्यवसायीक फूलखेती गरेका छन् । बजारको अभाव छैन । तर कोरोना कहरले भने थोरै असर पारेको छ । त्यै पनि तिहार आधा भन्दा बढी फूलहरु बिक्छन् । बाँकी रहेका फूलहरु पछि सम्म पनि बिक्नेमा ढुक्क छौं । घरपरिवार पाल्ने खर्च फूल बिक्रीबाटै आउँछ।’
तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा हुने प्रायः प्रदेश स्तरिय कार्यक्रम, सहकारी तथा संघ संस्थाको कार्यक्रममा प्रयोग हुने माला घलानले नै उपलब्ध गराउँछन् । उनको बारीमा तिहारको लागि मात्रै ४ ÷ ५ लाख मुल्य बरावरको फूल तयारी अवस्थामा रहेको छन् । अघिल्लो बर्षहरुमा मकवानपुरमै फूलको माग धान्न कठिन भएको घलान सम्झन्छन् । तर यो बर्ष भने प्रसस्त फूल उत्पादन गर्न सफल रहेको उनले दाबी समेत गरेका छन् । 
उनी सहित ४ जनाले हेटौंडा १२ मा १ बिगाहा जग्गामा फूलखेती गरेका छन् । आफुले सुरुवात गरेको फुलखेतीमा अन्य मानिसहरु समेत आकर्षित भएको देख्दा मन नै प्रफुल्ल भएर आउँछ , उनले भने । बर्षभरी नै बिक्री हुने भएकाले अन्य व्यावसायभन्दा फूलखेती नै फाइदाजनक भएको अध्यक्ष घलान बताउँछन् । सयपत्रीको प्रतिमाला ८० रुपैयाँदेखि एक सयसम्ममा बिक्री हुँदै आएको छ । एक मालामा ३० सम्म फूल उन्ने गरिएको छ।
दुई वर्षको बीचमा हेटौंडा फूलमा आत्मनिर्भर बनेको उनको भनाई छ । फूलको माग पोखरा, काठमाडौं लगायत सहरबाट पनि आएको छ । तर हामीले पठाएका छैनौं’, उनले थपे । पहिला स्थानीय बजारलाई नै पु¥याउनुपर्छ भनेर लागिपरेका छौं ।’ उनले आफूसँगै अन्य किसानले लगाएको सयपत्री फूल पनि खरिद गर्ने गरेका छन् ।
सयपत्री फूल राख्न उनले कोल्ड स्टोर निर्माण गरेका छन् । यो तिहारमा ४ लाख भन्दा बढिको फूल बिक्री गरिने उनको भनाइ छ । बर्सेनि छिमेकी राष्ट्रहरुबाट तिहारको लागि फूल आयात हुने गरेको थियो । तर बर्ष भने विदेशबाट फूल आयात नगर्ने सरकारले घोषणा गरिसकेको छ । यसै अनुरुप पनि नेपालका पुष्प व्यवसायीहरुले उत्पादन गरेका स्वदेशी फूलले राम्रो बजार पाउन सक्ने सरोकारवालाहरुले अपेक्षा गरेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।