हेटौंडा ११ का महिलाहरुको पिडा : बजार नपाएर घरमै थन्कियो जुत्ता चप्पल

  • हजुरको खवर
  • शनिबार, आषाढ २७ २०७७ प्रकाशित

हेटौंडा उपमहानगरपालिका ११ नवालपुरका पाँच जना महिलाहरूले समुह बनाएर जुत्ता चप्पल उत्पादन गर्दै आएका छन् । तर आफुहरुले उत्पादन गरेको जुत्ता चप्पलको बजार व्यवस्थापन, प्रचार तथा स्थानिय सरकारको पहल नभएको कारण खिन्नता मानिरहेका छन् ।  समुहको सदस्यहरु रिता ढुंगाना , सुमित्रा थापा , मिना सुबेदी, भवानी दाहाल र रमा बर्तौलाले रोजगारीको को रूपमा जुत्ता चप्पल बनाउँदै आएका छन् । 

उद्योग बाणिज्य संघ मकवानपुरको सहयोगमा सृजनशिल महिला उद्यमी समुह द्वारा तालिम लिएर जुत्ता चप्पल बनाउँदै आइरहेका छन् । विगत डेढ बर्ष अघिदेखी संचालनमा रहेको उक्त जुत्ता चप्पल  उत्पादन केन्द्र मा अल्लो, ढाका, मखमल तथा अन्य कपडाको चप्पल बनाउँदै आएका छन् । महिला, पुरुष तथा बालबालिका सबै ले प्रयोग गर्न मिल्ने जुत्ता चप्पल उत्पादन भइरहेको बताउँदै  काम त गरेको तर आफुहरुको सिप बिक्री गर्न नपाएर समस्या भोगिरहेको समुह संचालक रिता ढुंगानाले बाताइन् ।
लकडाउनको कारण आफु हरुले उत्पादन गरेको चप्पलहरु स्टक बस्दा काम गर्ने जाँगर नै हराउन थालेको उनीहरुको भनाइ छ । लकडाउनको समयमा घरमै बसेर बनाइएको जुत्ता चप्पल लकडाउन खुल्ला र बिक्री होला भन्ने आशामा बसिरहेका छन् । लकडाउन नहुँदा पनि खासै बिक्ने थिएन । अहिले त झनै शुन्य भएको छ उनीहरुले भने । 

धेरै महिलाहरु घरायसी काममा मात्र सिमित रहेको कारण हाम्रो समाजमा धेरै दुख भोग्नुपरेको छ । आर्थिक संकट त झनै बढ्दो छ । यस्तै दुख भोगेर स्वावलम्बी बन्ने उदेश्य ले ५ जना महिलाले समाजमा उदाहरणीय पेशा गरिरहेका छन् । तर उचित बजार व्यवस्थापन को अभावको कारण उक्त समुहले उत्पादन गरेको चप्पलहरु केही संख्यामा मात्र बिक्री हुने गरेको उनीहरुको भनाइ छ ।

यसै समुहमा रहेर काम गर्दै आएकी मिना सुबेदी ले सरकारी निकायबाट सहयोग नपाएको दुख व्यक्त गरिन् । उनले भनिन् ः अर्थिक सहयोग पाइयो भने घरेलुु तथा साना उद्योग दर्ता गरेर हामी जस्तै धेरै दिदिबहिनी लाइ रोजगार बनाउन सकिन्छ । तर कतै बाट पनि साथ सहयोग लिन नपाएको कारण मनले हरेष खाने रहेछ । । सिप सिक्यौं तर आर्थिक समस्या का कारण सोचे जसरी काम गर्न नसकिएको मिना ले बताइन्  ।

यसै समुहकी अर्की सदस्य सुमिना थापाले भनिन् ः थोरै लगानीमा संचालन गरेका हौं ।  दिनमा १० देखी १५ जोर सम्म चप्पल उत्पादन भैरहेको मा जेनतेन ३ देखी ५ जोर मात्र बिक्री हुने गरेको छ । स्थानीय तहका सरकारले हामीहरुलाइ सहयोग गर्ने हो भने जिल्लाभर को उत्कृष्ट घरेलु उधोग बनाउने सपना रहेको थापाको भनाइ छ ।

समुहमा आवद्ध रहेर काम गरिरहेका झण्डै २ बर्ष पुग्नलागेको छ । तर स्वदेशी उत्पादनमा नेपाली ले नै विश्वास नगर्ने भएको कारण ले आफुहरुले हातैले बनाएको चप्पल नबिकेको हुन सक्ने उनीहरुको बुझाई छ । बिदेशी उत्पादनले बजार भरिएको छ । उपभोक्ता को नजर बिदेशी जुत्ता चप्पल मै जाने भएकोले सोचेजस्तो बिक्री गर्न नसकिएको उनीहरुले बताए । 

उक्त ब्यवसाय सञ्चालनको लागी ५० हजार सहयोग गरिएको ११ नं वडाअध्यक्ष गोकर्ण पराजुलीले बताए । वडाकै सम्मान योग्य काम भैरहेकोमा आफुले सकेसम्म अझ सहयोग गर्ने उनको भनाइ छ । उनले भने ः केही समस्या परे वडा कार्यालयमा जानकारी पाइयो भने समाधानको उपाय अवश्य खोजिने छ । बिशेष गरी महिलाको सिपको त झनै सम्मानको साथ प्राथमिकतामा राखिने उनको भनाइ छ । 

यसरी लगनशिलता, मेहेनत र हिम्मतका साथ काम गर्ने महिलाहरु लाई हौसला को आवश्यकता रहेको पाइन्छ । महिला आफैले ५ जना मिलेर एउटा समुह बनाएर उधम थाल्नु भनेको चानचुने कुरा होइन । बजार व्यबस्थापन र अर्थिक सहयोग गर्न सकियो भने जिल्लामा मात्र नभई पुरै देशको नाम रहने छ । स्वदेशी जुत्ता चप्पल  उत्पादन बढाउन सकियो भने देशको लागि पनि फाइदा हुन्छ । यस्ता उद्यमी महिलाहरू को सिपको कदर गरेर विभिन्न अवसर को साथै स्थानीय तहबाट सहयोग पाइयो भने मकवानपुर जिल्लाको नाम राख्ने गरी उत्कृष्ट काम गरेर देखाउने उनीहरुले दाबी गरेका छन् । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।