हेटौंडा गुन्जियो सर्वोच्च अदालत हाईहाई, केपी ओली बाईबाई, हजारौं कार्यकर्ता सडकमा

  • हजुरको खवर
  • बुधबार, फागुन १२ २०७७ प्रकाशित

‘सर्वोच्च अदालत हाईहाई, केपी ओली बाईबाई’, ‘न्यायालयलाई धन्यबाद’ को नारा बागमती प्रदेशको राजधानी हेटौंडाको मुल सडक गुन्जियो । सबै चकित भएर काम नै छोडेर  हेर्न थाले । हेर्नेको भिड लाग्यो । यो भिड अरु केहिको नभई इजलासले प्रतिनिधिसभा विघटन बदर गरेको खुसीयालीमा नेकपाको प्रचण्ड–माधव पक्षले निकालेको विजय र्याली थियो । 

हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी स्कुलको चौरमा भेला भएका सो पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रतिगमनको हार भएको भन्दै आपसमा खुशी साट्दै र्याली निकालेका हुन् । उक्त र्यालीले हेटौंडाको मुख्य–मुख्य चोकहरुको परिक्रमा गर्दै सीमाचोकमा पुगेर सभामा परिणत भएको थियो ।
सो सभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य तथा मकवानपुर सह–इन्चार्ज कुमारी मोक्तानले प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनताको विश्वासमाथि कुठाराघात भएको बताउनु भयो । नेकपाको प्रचण्ड–माधव पक्षले संवैधानिक इजलासद्वारा प्रतिनिधिसभा विघटन बदर गरेको खुसीयालीमा बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार विजय र्याली तथा सन्देश सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा पुनर्स्थापना हुनु सबै नेपालीको जित भएको बताउनु भयो । अझै अर्को लडाइँ बाँकी नै रहेको भन्दै अब निर्वाचन आयोगले हामीलाई सही विधी र प्रकृयाको आधारमा वैधानिकता दिने र पुनः हाम्रो जित हुने बताउनु भयो । विजय सभामा बोल्दै अध्यक्ष मुनु सिग्देलले आफ्नो नेतृत्व गलत बाटोमा लाग्दासमेत पदको लोभमा चुप लागेर बस्दा यो अवस्था आएको बताउनु भयो ।
नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले नेकपा चुनावबाट भागेको नभई संविधान र गणतन्त्रको रक्षाका लागि प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोधमा सडकमा आएको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।