हेटौंडा उपमहा नगरपालिकाको बिकासमा ध्यान-तिव्र रुपमा सम्पन्न हुँदै पुर्वाधारहरुको काम 

  • हजुरको खवर
  • आइतबार​, पौष २६ २०७७ प्रकाशित

हेटौंडा ÷ हेटौंडा उपमहानगरपालिकाको योजना तर्फको बिकासका कामले तिव्रता पाएको छ । गत आर्थिक बर्ष २०७६ ÷०७७ मा स्वास्थ्य, खानेपानी, शिक्षा, खेलकुद, कृषि तथा पर्यटन क्षेत्रमा उल्लेख्य परिमाणमा कार्यहरु सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । गत आर्थिक बर्षमा मात्रै सडकको स्लाब ढलान, स्तरीकरण, कलोपत्रे, नयाँ ट्रयाक ओपन, ग्राभेल लगाएतका कार्यहरु ठुलो लागतमा सम्पन्न भएको तथ्याङ्क रहेको छ । 
गत आर्थिक बर्ष २०७६ ÷०७७ मा ३१ हजार ५ सय ७५ मिटर सडकको स्लाव ढलानको कार्य ४० करोड ९५ लाख २ हजार ८ सय २१ लागतमा सम्पन्न भएको छ । त्यस्तै ११ हजार ७ सय ४४ मिटर सडक स्तरीकरण २ करोड ३१ लख ६६ हजार ६ सय ८९ लागतमा सम्पन्न भएको छ । त्यस्तै सडक कालोपत्रे तर्फ ११ सय १ मिटरको ८५ लाख ६० हजार २ सय ५१ लागतमा सम्पन्न भएको छ । त्यस्तै सडकको नयाँ ट्रयाक ओपन १५ हजार ७ सय ४५ मिटरको ४४ लाख ९४ हजार ६ सय ४८ लागतमा सम्पन्न भएको छ भने ग्राभेलको लागी ८० लाख ७८ हजार १ सय २० रुपैंयाको लागतमा सम्पन्न भएको हेटौंडा उपमहानगरपािलकाका भिम प्रसाद तिमल्सिनाले बताए । 
त्यस्तै उपमहानगरपालिका भित्रका वडाहरुमा गरेर ९ वटा खानेपानीको पुर्वाधारहरु ६० लाख ६० हजार ५ सय ८४ रुपैंयाको लागतमा सम्पन्न भएको छ । शैक्षिक क्षेत्रतर्फ २९ वटा शैक्षिक संस्थाहरुमा १ करोड ४६ लाख ६२ हजार ७ सय ६४ रुपैंयाको लागतमा सम्पन्न भएको छ । पर्यटन क्षेत्रतर्फ ६ वटा पुर्वाधारमा ४६ लाख ३३ हजार ३ सय ४३ रुपैंयाको लागतमा निर्माण कार्यहरु सम्पन्न गरेको छ । त्यस्तै ८ वटा खेलकुद पुर्वाधारको लागि २७ लाख ६९ हजार ३ सय १६ लागतमा कार्य सम्पन्न भएको छ भने ८ वटा गुम्बा निर्माणमा ६४ लाख १६ हजार ७ सय ४९ रुपैंयाको लागतमा काम गरिएको तिम्लसिनाले बताए । 
आर्थिक बर्ष २०७६ ÷०७७ मा भएका बिभिन्न प्रगतीहरुको बार्षिक समीक्षा कार्यक्रमको बिचमा शुक्रबार भौतिक तथा अन्य प्रगतीहरुको बिवरण सार्वजनिक गरिएको थियो । यसै क्रममा गत आर्थिक बर्ष २०७६ ÷०७७ को योजना तर्फको प्रगती बिवरण सार्वजनिक गरिएको थियो । बिकासका पुर्वाधारहरु सम्पन्न गरेर हेटौंडा उपमहानगरपालिका एक उदाहरणिय पालिका बन्नको लागि तत्पर रहेको छ । भौतिक संरचनालाई मुख्य केन्द्रबिन्दु बनाउँदै आइरहेको पाइन्छ । 
यसैक्रममा हेटौंडा उपमहानगरपालिका भित्र रहेका भौतिक संरचना निर्माण अन्तर्गत ३४ वटा मन्दिर १ करोड ४३ लाख ७३ हजार १ सय ८३ रुपैंया लागतमा निर्माण गरिएको छ । झोलुड्डे पुल मर्मत १ एउटाको २ लाख ४१ ह्जार २ सय ३० रुपैंया लागतमा निर्माण कार्य सम्पन्न गरिएको छ ।  १ वटा मदरसा भवन १६ लाख ३५ हजार ९ सय ४ लागतमा सम्पन्न गरिएको छ । स्वास्थ्य पुर्वाधार तर्फ ८ वटा पुर्वाधारको लागि २ करोड ८५ लाख ५३ हजार ५ सय ८० लागतमा निर्माण कार्य गरिएको तथ्याङ्क रहेको छ । १० वटा तटबन्धन  ११ लाख ३३ हजार २ सय १० रुपैंया लागतमा सम्पन्न गरिएको छ । त्यस्तै पुल निर्माण तर्फ १ वटा पुल निर्माणको लागि ११ लाख ६ हजार ३ सय ४५ लागतमा सम्पन्न भएको छ भने सिंचाई तर्फ १ वटा पुर्वाधारको लागि १२ लाख ५ हजार ९ सय ७४ रुपैंया लागतमा सम्पन्न भएको हेटौंडा उपमहानगरपालिको २०७६÷०७७ को बार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरेको छ । 
उपमहानगरपालिकामा अझै प्रगती गर्नको लागि बिभिन्न समस्याहरु समेत आइपरेको बताइएको छ । आवश्यकता अनुसार प्रर्याप्त दक्ष जनशक्ती को अभावको कारण पनि असहजता महसुश गर्न परेको बताइएको छ । त्यस्तै केही वडा कार्यालयहरुको आफ्नै भवन नहुँदा दैनिक सेवा प्रवाह लगाएतका कार्यहरुका असुविधा तथा नागरिकमा बढ्दो सेवा सुविधाको माग र आवश्यक पुर्वाधारको लागि श्रोतको कमि लगाएतको समस्याहरुको कारण निकै चुनौतीहरुको सामना गर्न परिरहेको बताइएको छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।