मकवानपुर, माघ ६ – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ ले दोस्रो वडा खेलकुद महोत्सवको आयोजना गर्ने भएको छ। “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ माघ ९ गतेदेखि फाल्गुन १७ गतेसम्म वडा स्तरीय, नगर स्तरीय, तथा जिल्ला स्तरीय खेलकुद महोत्सव आयोजना गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबीच प्रतिस्पर्धा बढाउन, शैक्षिक गुणस्तर सुधार गर्न, र विद्यार्थीको सिर्जनशील प्रतिभा उजागर गर्दै शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुर्याउन महोत्सव आयोजना गरिएको वडाध्यक्ष नवीन सिग्देलले बताए।
महोत्सवको संरचना र गतिविधि
करिब एक महिनासम्म चल्ने खेलकुद महोत्सव वडा–४ को आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति र विभिन्न विद्यालयहरूको व्यवस्थापनमा सञ्चालन हुनेछ। महोत्सवका विभिन्न गतिविधिहरू निम्नानुसार छन्:
- माघ ९ गते – नवोदय माविमा हाजिरी जवाफ प्रतियोगिता
- माघ १३ गते – आधुनिक माविमा वक्तृत्वकला प्रतियोगिता
- माघ १४ गते – सत्यम जेभियर्स माविमा वादविवाद प्रतियोगिता
- माघ १५ गते – श्रमिक माविमा नेपाली हिज्जे प्रतियोगिता र स्लो स्कुटी प्रतियोगिता
- माघ २४ गते – ब्रम्हदिक माविमा कविता प्रतियोगिता
- माघ २५ गते – भुटनदेवी माविमा निबन्ध लेखन प्रतियोगिता
- फाल्गुन २ गते – विभिन्न स्थानमा दौड प्रतियोगिता
- फाल्गुन ३ गते –
- आधुनिक माविमा नगर स्तरीय भलिबल प्रतियोगिता
- श्रमिक माविमा नगर स्तरीय फुटबल प्रतियोगिता
- नगर स्तरीय क्रिकेट प्रतियोगिता
- फाल्गुन ५ गते –
- सत्यम स्कुलमा अफ रोड प्रतियोगिता
- नवोदय स्कुलमा नगर स्तरीय बास्केटबल प्रतियोगिता
- फाल्गुन १६ र १७ गते – नगरस्तरीय शिक्षक भलिबल प्रतियोगिता
पुरस्कार वितरण
महोत्सवका विजेताहरूलाई फाल्गुन १७ गते प्रमाणपत्र, शिल्ड, र मेडल प्रदान गरिनेछ।
गत वर्ष वडा नं. ४ ले वडास्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको थियो। यस वर्षको महोत्सव थप व्यापक र बहुआयामिक हुने अपेक्षा गरिएको छ। नवयुगबाट
तपाइको विचार व्यक्त गर्नुहोस् ।