हेटौंडाको पशुपतिमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते

  • रुपक कालिराज
  • बुधबार, आषाढ ९ २०७८ प्रकाशित

हेटौंडा उपमहानगर पालिका-९ को पशुपति नजिकै मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्। 

हेटौंडा-९पशुपति नजिक मोटरसाइको एकआपसमा ठोकिदा ३ जना घाइते भएका छन् । हेटौंडाको नयाँबस्ती बाट हेटौडा बैंक जाँदै गरेको बा.प्र.-बा.प्र.-०३-००३प ६१३८ र बिपरित दिशाबाट आउदै गरेको  ना ५५ प ७०६८ मोटरसाइकल एकाअपासमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना हुँदा मोटरसाइकल चालक मनहरी ७ रमन्टार घर भएका केशव अर्यालको टाउको र घुँडामा चोट लागेको छ भने पछाडि सवार झापा घर भएका कैलाश राई समान्य घाइते भएको  प्रहरीले जानकारी दिएको छ । 

बिपरित दिशाबाट आइरहेको मोटरसाइकल चालक  गम्भीर घाइते भएका छन् भने एक जना सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा हेटौडा -९ का अमृत कार्की गम्भीर  घाइते हुन् ।  घाइते भएकाहरुको हेटौडाको सन्चो हस्पिटलमा उपचार भैरहेको र गम्भीर घाइतेलाई भरतपुर हस्पिटलमा उपचारको लागि लगिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।