मकवानपुर ÷ थाहा नगरपालिकाको ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने उदेश्यले हेटौँडामा २ दिने थाहा फोटो प्रर्दशनी सुरु भएको छ । थाहा–३ का वडाध्यक्ष हिरेन्द्र रायमाझीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
नेपालकै चर्चित पर्यटकीय क्षेत्रको रुपमा रहेको मकवानपुरको उत्तरी थाहाको ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्रको तस्बिरको साथै थाहा क्षेत्रमा रहेको सांस्कृतिक, धार्मिक पक्षहरु समेटिएको ६० वटा फोटोहरु प्रर्दशनीमा राखिएको छ ।
थाहा नगरपालिकाको आयोजना तथा फरक सोच अभियान, शिखर क्लबको संयोजनमा भएको प्रर्दशनीलाई राष्ट्रिय फोटो पत्रकार समूह, मकवानपुर, नेपाल पत्रकार महासंघ मकवानपुर, हेटौँडा उपमहानगरपालिका लगायतको संघसस्थाको सहयोग रहेको छ ।
बागमती प्रदेश सरकारले सन् २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको ४ दिनपछि सुरु भएको प्रर्दशनीले प्रदेशको पर्यटनलाई टेवा पुर्याउने फरक सोचका यादबजंग राजमाझीले बताउनु भयो ।
प्रर्दशनीको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले हेटौँडामा भएको थाहा फोटो प्रर्दशनीले थाहामा पर्यटकहरुको संख्यामा बृद्धि गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । यस्ताखाले प्रर्दशनीले नेपाली पर्यटन क्षेत्रलाई प्रचारप्रसार गर्न सहयोग गर्ने उहाँको भनाई रहेको थियो । पर्यटन क्षेत्रबाट विश्वसामु चिनाउनको लागि फोटो प्रर्दशनी पनि एउटा माध्यम रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पुर्व अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारुमगर, मकवानपुर शाखा अअध्यक्ष मणीराज गौतम, राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहाल लगायतकाको आतिथ्यता रहेको थियो । उक्त प्रदर्शनीमा राखिएका फोटोहरु गणेश विष्ट लगायतले खिचेका थिए भने आज पहिलो दिन ५ हजारले फोटो अवलोकन गरेको फरक सोचका संयोजक रायमाझीले बताउनु भयो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।