हेटौँडा ÷ कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि यातायात ब्यवस्था सेवा कार्यालय हेटौँडाले खोप कार्ड विना कार्यलय प्रवेशमा रोक लाउने सूचना जारी गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले मोवाईलमै भएपनि खोप लगाएको कार्डको प्रमाण लिएर मात्र कार्यालयमा प्रवेश गर्न दिने जनाएको छ । कार्ड र मास्क विना कार्र्यालय प्रवेशमा रोक लगाईएको छौँ,’ यातायात ब्यवस्था सेवा कार्यालय हेटौँडाका प्रमुख भक्त भण्डारीले बताउनु भयो ।
पछिल्लो समय मकवानपुरमा २४ घण्टाभित्र १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ सय १६ जनामा गरिएको एन्टिजेन परिक्षणमा ७३ जनामा पोजेटिभ देखिँदा १ सय ७९ मा गरिएको पिसिआर परिक्षणमा १ सय २३ जनामा पोजेटिभ देखिएको हो । यो संगै मकवानपुरमा १ हजार ४ सय ४७ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको कारण मकवानपुरमा कसैको पनि मृत्यु भने भएको छैन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।