स्काउट र जेसिजले कोरोना संक्रमितहरुको घरघरमा डिसइन्फेक्सन स्प्रे औषधि छर्कदै

  • हजुरको खवर
  • बिहीबार, जेष्ठ २० २०७८ प्रकाशित

मन्जु मैनाली - कोरोना भाइरसको इन्फेक्सन हुन नदिन सामाजिक संस्थाहरुले संक्रमितहरुको घरघरमा पुगेर डिसइन्फेक्सन स्प्रे सुरु गरेको छ ।
नेपाल स्काउटले विश्वभरी फैलीरहेको कोरोना भाईरस (कोभिड-१९) संक्रमित भै होम आइसोलेसनमा बसिरहेका संक्रमिथरुको घरघरमा पुगेर डिसइन्फेक्सन स्प्रे कार्य सुरु गरेको हो  ।

हेटौंडा लेडि जेसिजको आयोजना  तथा नेपाल स्काउट बागमती प्रदेशको प्राविधिक सहकार्यमा सबै भन्दा बढी हेटौंडा ४ न. वडामा  कोभिड संक्रमितको घरघरमा पुगेर डिसइन्फेक्सन स्प्रे सुरु गरेको जेसीआई हेटौडा लेडी शाखाका अध्यक्ष  प्रतिमा श्रेष्ठले बताउनु भयो ।

हेटौंडा ४ नम्बर वडाको अध्यक्ष नवीन सिग्देलको प्रमुख   आतिथ्यतामा सो सामाग्री हस्तान्तरण गरिएको हो।  प्रमुख अतिथि सिग्देलले आवस्यक परेको खण्डमा वडाबाट हुने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै हेटौंडा लेडि जेसि र नेपाल स्काउट लाई धन्यवाद समेत व्यक्त गर्नु भएको छ।
 
जेसि मन्जु मैनालीको संयोजकत्वमा भएको कार्यक्रममा निभव पोलिकिल्निक  डा.नरेन्द्र कुमार  झा बाट २५ लिटर औषधि , २ थान  पिपि सेट यसै गरि मकवानपुर भेट एण्ड डाइग्नोसिस सेन्टर हेटौंडा ७ बाट ५ लिटर  सहित ५० हजार बराबरको औषधि उपलब्ध गराएको शाखा अध्यक्ष श्रेष्ठले बताउनु भयो । नेपाल स्काउट बाग्मती प्रदेश सदस्य अशोक सारु मगरले मन्तव्य राख्नु भएको कार्यक्रममा जेसीआइ हेटौंडा लेडिका पूर्व अध्यक्ष रश्मि बस्नेत , हेटौंडा जेसिजका अध्यक्ष जेसिआइ सिनेटर लिसेन बस्नेत,नेपाल स्काउट हेटौंडा उपमहानगर समिति संयोजक दिपेन्द्र रोक्का, नेपाल स्काउट बाग्मती प्रदेश सदस्य असोक सारु मगर तथा जेसिजका  पदाधिकारीहरुको उपस्थित रहेको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।