सोमबारदेखि हुने परीक्षा स्थगित

  • हजुरको खवर
  • आइतबार​, माघ ९ २०७८ प्रकाशित

कोरोना संक्रमणलाई मध्यनजर गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमअन्तर्गतका सोमबारदेखि हुने परीक्षालाई स्थगित गरिएको छ ।आएओएमकी डिन डा।दिब्या सिंहले कोरोनाको जोखिम बढ्दै गएकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै परीक्षा रोकिएको जानकारी दिएन् ।कोरोनाको संक्रमण बढ्दो छ । कतिपय विद्यार्थी संक्रमित हुँदै गएका छन्,’ डा।

सिंहले अनलाइनखबरसँग कुरागर्दै भनिन्, भोलि सोमबार देखि हुने भनिएको परीक्षा अहिलेको लागि स्थगित गरेका हौं ।’ माघ १० गतेदेखि सुरु हुने डेन्टल अन्तिम वर्षको परीक्षालगाएत स्वास्थ्य तर्फका सबै कार्यक्रमका परीक्षाहरु स्थगित भएको उहाँले जानकारी दिनुभयो ।‘कोरोनाको जोखिम घट्दै गएपछि परीक्षा सञ्चालन गरिने छ । स्थगित परीक्षाको तालिका चाडैं प्रकाशित हुन्छ,’ डा। सिंहले भनिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।