सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • हजुरको खवर
  • शुक्रबार​, माघ ११ २०८१ प्रकाशित

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर एक लाख ६० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

बिहीबार सुनको मूल्य १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।