सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • हजुरको खवर
  • मङ्गलबार, माघ २९ २०८१ प्रकाशित

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा छ सय रुपैयाँले बढेर एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुन प्रतितोला एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी ३० रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।