सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो

  • हजुरको खवर
  • सोमबार, मङ्सिर १८ २०८० प्रकाशित

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ। सुनको भाउ बढेपनि चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको फेरी नयाँ रेकर्ड कायम गरेको छ।

आज छापावाला सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो। त्यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यता, चाँदीको मूल्य आज स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।