सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

  • हजुरको खवर
  • सोमबार, माघ ७ २०८१ प्रकाशित

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर १ लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोलामा १ लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको थियो । 

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा किनबेच भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।