सुनको मुल्यमा नयाँ किर्तिमान

  • हजुरको खवर
  • शुक्रबार​, आषाढ २९ २०८१ प्रकाशित

 आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । 

शुक्रबार सुनको मुल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्बाधिक मुल्य भएको हो । आज सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो । 

यस अघि विहिबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको थियो । 

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर तोलाको १९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।