सिआन पुर्नस्थापना केन्द्रद्धारा प्रहरी निरिक्षक काफ्लेलाई स्वागत

  • हजुरको खवर
  • सोमबार, आषाढ १५ २०७७ प्रकाशित

 लागु औषध सेवान कर्ताहरुलाई सुधार गरि सभ्य समाज निमार्णमा लागिरहेको सिआन पुर्नस्थापना केन्द्रले केहि दिन अगाडि वडा प्रहरी कार्यालय पशुपति नगरमा कार्यभार समाल्न आउनु भएका प्रहरी निरिक्षक देवराज काफ्लेलाई स्वागत गरेको छ । आज सिआन पुर्नस्थापना केन्द्रमा एक कार्यक्रमको आयोजना गरि काफ्लेलाई स्वागत गरेको हो । 


हेटौँडा ९ र आसपासका वडामा लागुऔषध ओसारपोसरा तथा सेवान कर्ताहरुको अवस्थाबारे जानकारी दिएको सिआन पुर्नस्थाना केन्द्रका प्रमुख सौजन डिसिले जानकारी दिनु भयो । सो कार्यक्रमलाई सम्बोधन गर्दै काफ्लेले देश विकासको मुख्य आधार नै शान्ति सुरक्षा भएकाले समाजको शान्ति सुरक्षा तथा अमन चयनमा खलल पार्ने जुनसुकै गतिविधि नेपाल प्रहरीलाई सह्‍य नहुने बताउनु भएको छ ।

अपराधिक गतिविधि गर्ने जोकोहि माथी प्रहरीले कानुनी कठोरताको निती अपनाउने स्पष्ट पार्दै यदी कहिकतै यस्तो भए प्रहरीलाई समयमै खबर गर्न समेत उहाँले आग्रह गर्नु भयो । उहाँले उक्त संस्थाका प्रतिनिहरुद्धारा स्वागत गर्नुका साथै मायाको चिनो समेत प्रदान गरिएको छ ।

सो कार्यक्रममा बिशिष्ट अथिति ९ नम्बर वडाका वडा अध्यक्ष लक्ष्मण भण्डारीले वडामा भएको गतिविधिहरु जानकारी दिदैँ वडालाई शान्ति सुरक्षा कायम गर्नको लागि प्रहरीलाई सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले मकवानपुर जिल्ला लागुऔषध ओसारपोसार गर्ने टा«न्जिट पोइन्टको रुपमा रहेको भन्दै यसको मुख्य नाकाहरु यसै वडामा पर्ने हुँदा कडाईको साथ चेक गर्नको लागि पनि आग्रह गर्नु भयो । उहाँले वडा प्रहरी कार्यालयमा जननशक्तिको अभाव रहेको भन्ने जानकारी आएको भन्दै यस तर्फ पहल गर्न समेत आग्रह गर्नु भयो । कार्यक्रम सिआन पुर्नस्थापना केन्द्रका उपाध्यक्ष विजेन्द्र अग्र्वालको सभाध्यक्षतामा भएको हो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।