साहित्यकार आचार्यको पहिलो उपन्यास....मलिलो माटो' को हेटौंडामा चर्चा

  • रुपक कालिराज
  • आइतबार​, जेष्ठ १५ २०७९ प्रकाशित

नव उदयिमान साहित्यकार सपना आचार्यको पहिलो उपन्यास मलिलो माटोको चर्चा हेटौंडामा भएको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत विश्व मैत्री संघ र नेपाल भारत मैत्री संघ मकवानपुरको संयुक्त आयोजनामा उपन्यास मलिलो माटोको चर्चापरिचर्चा गरिएको हो May be an image of 9 people, people sitting, people standing, indoor and text that says 'Gre Occassion of xcha ar public Day Pro'

बुटवलको तिलोत्तमा नगरपालिकामा कर्मथलो बनाएकी सपना आचार्यले लेखेकी उपन्यास ‘मलिलो माटो’ पुस्तक माथी मकवानपुका चर्चित साहित्यकारहरु निमेश निखिलले उपन्यास एक नारीबादी, यथार्थबादी, प्रकृतीवादी, यौनमनोविज्ञान र आत्मसंवादले सिंचित भएको बताउनु भएको थियो ।  उहाँले केही कमिकमजोरी रहेको भन्दै आउँदा दिनमा सुधार्दै जान समेत आग्रह गर्नु भयो । साहित्यकार हयग्रीव आचार्यले सानो सोच अनि विचार नपुग्नाले जीवनमा धेरै अवरोध आउने भन्दै यो उपन्यास आजका कलिला सबै मन्जुहरुलाई पढ्नैपर्ने छ । भावनामा बग्ने मात्र होइन, निकै सोच विचार गरेर मात्र जीवनको यात्रामा निर्णय लिनुपर्छ यो पुस्तकबाट थाहा पाउन सकिने उहाँको भनाइ रहेको छ ।May be an image of 1 person and indoor

त्यस्तै अर्का साहित्यकार अनिता न्यौपानले नारी र धर्ती दुवै मलिलो माटो हुन् । दुवैमा बिऊ रोपेपछि उम्रन्छ । नयाँ बिऊ उमार्न त्याग र सहनशिलता चाहिन्छ भनेर नारी र धर्तीको स्वभाव र कर्ममा धेरै समानता रहेको कुरा सबै टिप्पणी सहित धेरै सुधार गर्नु पर्ने औल्याउँनु हुँदै पुस्तकबारे चर्चा सँगै सुझावहरु समेत दिनु भएको थियो । May be an image of 2 people and indoor

नेपाल भारत विश्व मैत्री संघका राष्ट्रिय उपाध्यक्ष ज्योतिरत्न बज्रचार्यको अध्यक्षता तथा बुढ्यौली साहितय समाजका अध्यक्ष एंव वरिष्ठ हास्यव्यंगकार आरसी रिजालको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा पुस्तक लेखक सपना आचार्य, संघका महासचिव किरण राज रेग्मी, केन्द्रीय सदस्य सुनील दाहाल, जिल्ला सचिव सरोज अधिकारी, कोषाध्यक्ष प्रविण मैनाली, प्रलेसका अध्यक्ष श्रीराम अधिकारी, सिस्नुपानी नेपालका अध्यक्ष राजकुमार लामिछाने लगायत मकवानपुरका साहित्य व्यत्तित्व र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।May be an image of 1 person, standing and indoor

उपन्यास हार्डकभरमा अनि सफ्ट कभरमा गरेर दुई प्रकारका पुस्तकहरु छापिएको यो उपन्यासको हार्डकभरको पुस्तकको मुल्य रु ४५० र सफ्ट कभरको मुल्य रु ३०० रहेको छ । May be an image of 7 people, people sitting, people standing and indoor

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।