सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लबले आयोजक बागमती खेलकुद विकास समितिलाई १-० ले पराजित गर्दै विजयी सुरुवात गर्यो। कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको ३३औँ मिनेटमा निर्णायक गोल गर्दै म्यान अफ द म्याच बने।
प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका ३ टिम सहभागी छन्। विजेताले १० लाख, उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीले १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार पाउनेछन्। उद्घाटन माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।