सहिद दिवसमा कविता प्रतियाेगीता हुने

  • हजुरको खवर
  • आइतबार​, माघ ८ २०७९ प्रकाशित

माघ १६ गते सहिद दिवसकाे अवसरमा जिल्लास्तरीय खुल्ला कविता प्रतियाेगीता हुने भएकाे छ । हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयकाे अायाेजना र श्यामप्रसाद स्मृती प्रतिष्ठान मकवानपुरकाे व्यवस्थापनमा प्रतियाेगीता हुन लागेकाे ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयाे । प्रतियाेगितामा प्रथम ७ हजार ५ सय, द्वितीय ५ हजार ५ सय, तृतीय ३ हजार ५ सय र सान्त्वना दुई जनालाई एकएक हजार राखिएकाे वडा अध्यक्ष सिग्देलले बताउनु भयाे । साहित्यलाई प्रतिस्पर्धाद्वारा प्रवर्द्वन गर्ने र सहिदकाे सम्मान र भूमिका स्थापित गर्न कार्यक्रम अायाेजना गरिएकाे वडा अध्यक्ष सिग्देलकाे भनाई छ । कार्यक्रममा जिल्लाभरका ईच्छुक व्यक्ति सहभागी हुन पाउने श्याम प्रसाद प्रतिष्ठान मकवानपुरका सचिव सुभाष खनालले जानकारी दिनुभयाे । सहिद विषयमा र शीर्षक स्वच्छिक हुने खुल्ला कविता प्रतियाेगीता पशुपती मन्दिर हेटाैँडा ४ मा १६ गते ११:३० बजे शुरू हुने सचिव खनाल बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।