समृद्ध वडा बनाउन जनताले मलाई भोट दिन्छन् : वडा अध्यक्षका उम्मेद्धार गोले

  • रुपक कालिराज
  • शुक्रबार​, बैशाख २३ २०७९ प्रकाशित

 कैलाश गाँउपालिका वडा नम्बर—५ का वडा अध्यक्षका उम्मेद्धार रत्न बहादुर गोलेले सडक, शिक्षा, र स्वास्थ्यमा जोड दिने बताउनु भयो । उहाँले हजुरको खबरसँग कुराकानी गर्दै गाँउमा सहज रुपमा हिड्नका लागि सडक, शिक्षा, स्वास्थ्यको अवस्था कमजोर रहेकोले यसलाई पहिलो प्राथमिकताको दिने बताउनु भयो । उहाँले भन्नुभयो,‘तपाईहरुकै घरदैलोमा छु र आएको छु, रुख चिन्हमा छाप लगाई अत्याधिक मतले वडा अध्यक्ष पदमा जिताउनहोस् । उहाँले थप्नुभयो,‘समग्रमा आफ्नो वडालाई समृद्ध र विकसित बनाउने योजना हामीसंग छ, हामी काम गरेर देखाउने छौँ ।’ 

उहाँले कैलाश गाँउपालिका वडा नम्बर–५ लाई समग्र विकाश गर्न, जनतालाई समृद्धिको बाटोमा डो¥याउन,सामाजिक विकास, भौतिक विकाशसंगै शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटनसंगै कृषि र वडामा भएका योजनाका काम पुरा गर्नको लागि उम्मेद्धारी रहेको दिएको वताउनुभयो ।  यस्तै उहाँले ५ वर्षको कार्यकाल भित्र वडामा रहेका सबै समस्याको हल गर्ने र वडा लाई पहिलेको भन्दा ४ गुण फरक पार्ने उद्घोष गर्नुभयो । May be an image of 5 people and text that says 'सुशासन र समृद्धिको आधार काँग्रेसको नेतृत्वमा स्थानीय सरकार H कैलाश गाउँपालिका वडा नं का उम्मेदवारहरुलाई रूख चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराओ रत्न बहादूर गोले वडा अध्यक्ष २८५५०७०५१९ ठूलीमाया विष्ट महिला वडा सदस्य ८८६्०२२११३८ सुमित्रा दमाई दलित महिला सदस्य ८८६५४५४३३१ रामलाल लो वडा सदस्य 2੮8੧8५9९३੮ वडा अध्यक्ष ज्ञान बहादूर पाखिन वडा सदस्य ੯८६०६३५४८५ महिला वडा सदस्य दलित महिला वडा सदस्य वडा सदस्य वडा सदस्य'

 स्थानिय निर्वाचन नजिकिंदै जाँदा हामीलाई आम मतादाताबाट धेरै नै सकारात्मक प्रतिक्रिया र साथ आइरहेको बताउनु भयो । गोले वडामाझ अत्यन्तै लोकप्रिय, मिलनसार र हातेमालो गरेर अगाडि बढ्ने स्वभावका व्यक्ति हुनुहुन्छ । उहाँले एक पटक मौका दिन मतदातालाई आग्रह गर्दै जिताउनु भएमा नमूना वडाका रुपमा देख्नुहुने बताउनु भयो । नेपाली काँग्रेस बाट गोलेले उम्मेद्धारी दिनुभएको हो । २०३५ साल असार २८ गते कैलाश गाँउपालिका वडा नम्बर ५ मा जन्मनु भएको गोलेले २०५० सालमा राजनिक यात्रा सुरु गर्नू भएको हो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।