समाजसेवि अधिकारीले दिए फुड बैंकलाई ५० हजार बराबर खाद्य सामग्री

  • हजुरको खवर
  • शुक्रबार​, भाद्र २६ २०७७ प्रकाशित

हेटौडा। मदन भण्डारी फाउन्डेसन मकवानपुरद्वारा संचालित फुड बैंकमा नलेज भिलेजका कार्यकारी निर्देशक सुदर्शन अधिकारीले ५० हजार ४ सय ८० बराबरको खाद्य सामग्री सहयोग हस्तान्तरण गर्नु भएको छ। आज एक अनौपचारिक कार्यक्रमका बीच अधिकारीले फाउन्डेशनका अध्यक्ष रघुनाथ खुलाललाइ उक्त खाद्य सामग्री हस्तान्तरण गर्नु भएको हो । No description available.फाउन्डेशनले लामो समय देखि लकडाउनको कारण दैनिक ज्यालागरी गुजारा गर्ने बिपन्न,र असाहयहरुलाइ लक्षित गरी यहि भाद्र १५ गते देखि हेटौडामा फुड बैंक संचालनमा ल्याएको छ । " हुनेले दिएर जाऔ नहुनेले लिएर जाऔ " भन्ने अभियानका साथ् सुरु गरिएको फुड बैंकद्वारा अहिले सम्म करिब १०९८ परिबार लाभान्वित भएका र अभियानलाइ अझै स्थान परिवर्तन गरि निरन्तरता दिइने फाउन्डेशनका अध्यक्ष खुलालले बताए। आज सम्म हेटौडा -४ मेनरोडबाट खाद्य सामग्री हस्तान्तरण गरिएको भएपनि भोलि देखि फरेस्ट्री क्याम्पस अगाडीबाट वितरण गर्ने बताइएको छ। कार्यक्रममा फुड बैंकका संयोजक उत्तम शर्मा न्यौपाने , हेटौडा उपमहानगर -४ का वडाध्यक्ष नबिन सिग्देल लगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।