समाजवादीमा सनाखत गरेका कैलाशका वडा अध्यक्ष एमालेमै फर्किए (हेर्नुस् भिडियो)

  • हजुरको खवर
  • बिहीबार, कात्तिक ४ २०७८ प्रकाशित

नेकपा (एकिकृत समाजबादी) मा सनाखत गरेका मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ८ का वडा अध्यक्ष सुर्ज बहादुर थिङ पुनः एमालेमा फर्किएका छन् । आज हेटौंडा एमाले मकवानपुरको जिल्ला पार्टी कार्यलयमा भएको एक कार्यक्रमका बिच एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाले वडा अध्यक्ष थिङलाई खादा लगाएर स्वागत गर्नु भएको हो । 
कार्यक्रममा बोल्दै वडा अध्यक्ष थिङले आफु एमालेमै रहेर सक्रिय भएर पार्टीले दिएको जिम्मेवारी अनुसार काम गर्ने बताउनु भयो । उहाँले आफु एमालेको सूर्य चुनाव चिन्हबाट निर्वाचित भएको बताउँदै सूर्य चिन्ह छोड्न नसकेको प्रष्ट पार्नु भयो । पार्टी विभाजनको प्रक्रियामा सूर्य चुनाव कता जाने भन्ने विषयको बीच भुलबस समाजवादीमा सनाखत हुन पुगेको बताउनु भयो ।उहाँले आउँदो दिनमा एमाले पार्टीलाई आफ्नो पार्टीलाई वडामा अगाडी बढाउन सक्रिय ढंगले अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो । 
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सह ईन्चार्ज डोरमणी पौडेल,प्रदेश सदस्य अनन्त पौडेल,देवराज रिमाल,बरीना बल,भोजराज ढकाल, एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल,सचिव एकलाल श्रेष्ठ,भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा,कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङ लगाएतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।