समसामयिक राजनीतिक घटनाक्रमबारे एमालेले आज धारणा सार्वजनिक गर्ने 

  • हजुरको खवर
  • आइतबार​, माघ ९ २०७८ प्रकाशित

स्थानीय तह, प्रतिनिधि सभाको चुनाव लगायत समसामयिक राजनीतिक घटनाक्रमका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज धारणा सार्वजनिक गर्ने भएको छ । यसका लागि आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको पार्टी कार्यालय सचिव डा. भिष्म अधिकारीले बताउनुभयो । उहाँका अनुसार चुनावका बारेमा सत्ताधारी दलबीच भइरहेका छलफल र एमालेलाई लगाइएका विभिन्न आरोपका बारेमा पनि अध्यक्ष ओलीले विचार राख्ने तयारी गर्नुभएको छ ।

ओली निकट नेताहरूका अनुसार भने वक्तव्य मात्रै सार्वजनिक गर्ने तयारी पनि भएको छ । सत्ताधारी दलहरूबीच पहिले स्थानीय तह वा प्रतिनिधि सभा कुन चुनाव गर्ने भन्ने बारेमा सहमति भइसकेको छैन । एमालेले भने स्वार्थपूर्ण ढङ्गले चुनावको मिति पछाडी धकेल्न खोजिएको आरोप लगाउँदै आएको छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।