संसद् पुनर्स्थापना भएको खुसीयालीमा बागमती गाउँपालिकामा दीप प्रज्वलन 

  • हजुरको खवर
  • मङ्गलबार, फागुन ११ २०७७ प्रकाशित

संसद् पुनर्स्थापना भएको खुसीयालीमा बागमती गाउँपालिकामा दीप प्रज्वलन गरिएको छ। नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरेका हुन्। दीप प्रज्वलन कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान,नेकपा बागमती गाउँ कमिटिका अध्यक्ष अरुण बल तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । उनीहरुले दीप प्रज्वलन गर्दै प्रतिगमनको अन्त्य गर्दै सर्वोच्चले ऐतिहासिक फैसला गरेकोमा खुशी व्यक्त गरेका छन् । उनीहरूले प्रतिगमनविरुद्ध नारा लगाएका छन् । कार्यकर्ताले जित कस्को जनताको जस्ता नारा लर्गाएका थिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै सत्तारुढ दल नेकपा व्यावहारिकरुपमा फुटेको छ। दाहाल–नेपाल समूह भने विघटनको विरुद्ध आन्दोलनमा थियो। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।