संविधानमाथि अपराध गर्नेहरुलाई दण्ड दिनु पर्छ नत्र दोहोरिन सक्छ : गगन थापा

  • हजुरको खवर
  • मङ्गलबार, फागुन ११ २०७७ प्रकाशित

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला संविधान र व्यवस्थाको पक्षमा भएको बताएका छन् । सर्वोच्चको संवैधानिक इजलासले मंगलबार प्रतिनिधिसभा विघटनलाई बदर गरेको थियो । त्यसबारे  प्रतिक्रिया दिँदै थापाले प्रधानमन्त्रीले नेपालमा सबैलाई मिलाउन सक्छु भन्ने ठान्नु भएको थियो । त्यसलाई सर्वोच्चले गलत सावित गर्दै संविधान र व्यवस्थाको पक्षमा निर्णय गरेको छ ।’यसले सिंगो व्यवस्थाप्रति आशा भरोसा बढाएको उनले बताए । संसद पुनर्स्थापनासँगै बल संसदको कोर्टमा गएको र संसदले अड्किएको राजनीतिको निकास दिने थापाले बताउनु भयो । उहाले संविधानमाथि अपराध गर्नेलाई दण्ड दिनुपर्ने उहाँको भनाइ रहेको छ ।
उनीहरुलाई दण्ड दिइएन भने भोलि पनि यस्तो दोहोरिन सक्छ ।’ 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।