संकटको अवस्थामा मिडिया बचाउन स्थानीय सरकारले सहयोग गर्नुपर्छ :  अध्यक्ष हुमागाई

  • हजुरको खवर
  • बुधबार, आश्वीन १४ २०७७ प्रकाशित

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईले संकटको अवस्थामा मिडिया बचाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । रेडियो सन्देश १०६.९ मेगाहर्ज तेस्रो बर्षमा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै हुँमागाईले कोभिड १९ का कारण सञ्चार जगत पनि प्रभावित भएको बताउँदैं उहाँहरुले समग्र सञ्चार क्षेत्रको विकासको निम्ती स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । 

सामुदायिक सञ्चार समुहद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्जका अध्यक्ष सुनिल खड्काको अध्यक्षता तथा हेटौंडा उपमहानगर पालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बिभिन्न सञ्चार संघ÷संगठनका नेतृत्व तथा सञ्चारकर्मी र बिभिन्न सामाजिक संघ÷संस्थाका व्यक्तिहरुको सभागिता रहेको थियो । 

बिगतका बर्षहरुमा विविध सामाजिक कार्य गर्दै बार्षिक उत्सव मनाउने गरिएको भएपनि यो बर्ष कोरोना भाईरसका कारण सामान्य र अनौंपचारिक ढंगले बार्षिक उत्सव मनाईएको रेडियोका अध्यक्ष सुनिल खड्काले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।