शिर्षक : माया

  • हजुरको खवर
  • आइतबार​, कात्तिक १६ २०७७ प्रकाशित

निकै बेरको हिँडाई पछि सबै टोलि सहित थाकेर जंगल घुमि सकेर अलि जनावर नआउने खाली जस्तो ठाउँमा बस्यौं । निकै रमाईलो भयो त्यो सर्भे ।
जंगली जनावरको सर्भे अझ मेरो हातमा त DSLR पनि भएको भेटे जति सबै जंगली जनावर र मेरा जंगली साथिको फोटो कैद गर्न भ्याएको थिएँ ।
म चार्ज सकिनै लागेको क्यामेरा अन गरेर सबै फोटाहरु जुम गर्दै हेर्न थालेँ ।
जंगलि जनावरका बिना पोजका अननोन क्लिक र मेरा साथिका अननोन क्लिक उस्तै देखिन्थे । मैले फोटामा देखिने सबै अनुहार बोलाउदै देखाउँदै जिक्साउन लागेँ ।
साले कुकुर्नि त्यो खुरुक्क डिलेट गरिहाल कसैले मुख छोडेर गालि गर्न लागे, त कसैले बेस्सरी कपाल पनि भुत्ल्याए । तिमीहरुको राम्रो फोटो पनि छ त याँ हेर्न बोक्सीहरु ।
म झन् झर्किदैं उनिहरुका राम्रा फोटा पनि देखाउँदै थिएँ ।
मख्ख पर्दै तर अगिको चाँहि डिलेट गर है त ? प्लिज लास्टै आको छ त्यो त ।
हाहा.... लास्टै रे तीमिहरुको अननोट फोटो र त्यो अघि देखेको ढेडुको फोटो उस्तै देखिन्छ  ।
त्यसको केजाती रातो थियो तिमारुको ओठ । फरक त्यति होला......म यति भनेर बेस्सरी हाँसे ।
म बसेकै ठाउँमा सबै ओईरिए हान त यस्लाई सबैले..
सबैले मलाई माथिबाट बेस्सरी थिचे कसैले कुटे कसैले भुत्ल्याए फेरि पनि ।
जुध्दा जुध्दै सबै थाकेर एकै चोटि हाँस्यौ ।

हामिले ल्याएका खाजा सबै निकालेर खान थाल्यौँ, कसैका ब्याग बाट चना फ्राई, कसैका बाट अण्डा, कसैले फुरनदाना, कसैले अचार यस्तै यस्तै । मेरो भागमा डिउ चम्चा र प्लेट थियो सँधै मेरो भागमा पकाउनु नपर्ने कुरा पथ्र्याे ।
सबैले खान लाग्यौं बाडि चुडि । म उसै गरि खादैं गरेको बिजोगि फोटो खिच्न लागेँ ।
कोहि आँ गर्दा गर्दै, कोहि चबाउँदा मुख बांगो पारेको, कोहि अण्डा मुखमा हाल्दा हाल्दै
अरु त ठिकै अण्डा मुखमा हाल्दै गर्दाको फोटो देखाउँदै भने,
ओई हेर तैले अण्डा खान लागेको कि अण्डा पार्न लागेको मुख बाट ?
सिंगै अण्डा यसरी कसले हुल्छ बे ???
सबै एकै चोटि हाँसे, अण्डा खानेवालाको दह्रो लात्ति भेटे मैले । कुकुर्नि..... मुख छोडेर सरापि फेरी ।
म कुकुर्नि त कुखुरी त्यो पनि मुख बाट अण्डा पार्ने भनेर फेसबुकमा हाल्दीन्छु पख ।
हाल न मात्रै जानेको छु अनि मैले । जैले यस्तै गर्छे यसले.... हावा फोटो खिचेर दिक्क लगाउछे ।
सबैले हो मा हो मिलाउँदै थिए । मलाई भने निकै मजा भैरहेको थियो । निकै रमाईलो लाग्थ्यो मलाई त्यसरी साथिहरुलाई सताउन ।

सबै खानेकुरा सकेर सबै यता उता घुम्न जाने भन्न लागे
म भने दिन भरिको हिँडाईले पैताला पोलेर हिँड्न नसक्ने भै सकेको थिएँ
म यहि बस्छु सबै सामान छोडेर जाओ... क्यामेरामा चार्ज पनि छैन ।
ल ल रोगि यहिँ बस.. धेरै टाढा जादैंनौ हामि यहिँ नजिकै हुन्छौं । सबै हिँडे तर आँखा वरिपरि नै थिए ।

म नजिकै भएको ठुलो ढुंगामाथि बसेर वरिपरिका दृष्य नियाल्न थाले ।
बच्चामा कपि माथि घाँस राखेर पेन्सिलले कोर्दा सेता सादा कपिमा हरियो कलर को छाप बस्थ्यो
त्यस्तै हरिया फिक्का करल गरिएका जस्तै देखिने कोहि भर्खरै पलाउँदै गरेका कलिला मुना
र कोहि अलि तन्नेरी भएर गाढा हरिया देखिने पात रुखमा हावाको मुस्लाले ठेलिँदै हल्लिदै थिए
निकै बाक्ला रुख... र उस्तै सबै रुखमा हरिया पातहरु, अनि नयाँ पालुवा पाई रुखले आफुबाट छुटाएका पुराना सुकेका पहेँला पातहरु, त्यहि नयाँपालुवा बचाउनको लागि तल रुखका जरा छोपेर ओस दिँदै माथि रुखलाई नै नियाल्दै थिए ।
आँखामा निकै शितल दिने फुलहरु रंगि चंगी फुलेका थिए ।
नजिकै सानो पानीको मुहान जस्तो पनि जँहा लेउ नै लेउ देखिन्थ्यो, महिनौ सफा नगरेको सिमेन्टको इनार जस्तै देखिन्थ्यो तर निला आकाशमा दौडिदै गरेका सेता बादल त्यो पानी मा फोहोर नभैकन प्रष्ट देखिएको थियो ।
मलाई टाउको घुमाएर आकाशमा बादल हेर्न भन्दा त्यहि फाहोर मुहानमा आँखा शितल पार्दै त्यहि भित्र बादल हेर्न मज्जा आईरहेको थियो ।

यत्तिकैमा पर काँसको घारिमा केहि दौडिए जस्तै दृष्य आँखामा प¥यो र एक्कासी हरायो मेरो ध्यान पानी बाट त्यता स¥यो, मैले हल्लिएको काँस वरिपरी नियाल्न खोजे तर आँखाले केहि ठम्याउन सकेन मैले हत्तपत्त ब्याग बाट दुर्बिन निकालेर नियाल्न खोजेँ ।
बल्ल बल्ल एउटा गतिलो ज्यान भएको मृग काँसमा नहल्लीकन बसेको देखे, धेत्तेरिका यहि दगुरेको रैछ, बेकारमा तर्सिएँ.... मनमनै सोच्दैै दुर्बिन समातेकै बेलामा अरु दृष्य पनि नियालुम न त भनेर वरिपरि दुर्बिन घुमाएँ
अलि पर स्याँ स्याँ गर्दै तिखा दाँत देखाउँदै, गुच्चा जस्ता काला आँखाको गेडा घुमाउँदै गरेको ज्यांगो बाग पनि देखें,
ओ गड... अघिको मृगलाई यो बाघले पो लखेटेको रहेछ सायद ।
मेरो ध्यान त्यहि बाघ र मृग तिर केन्द्रीत भयो ।
मैले ठुलो स्वरले आई केटाकेटि हो धेरै पर नजाओ है, उत्याँ बाघले मृग भेट्टाउनै लागेको रैछ । मृग भेटेन र बाघ रिसायो भने, तिमिहरुलाई शिकार बनाउला पर नजाओ ।
राक्षसनी बोलेको हेर्न त्याँ, तलाई लगेर छोड्नु पर्ने त्यो बाघको छेउमा, अनि भिडियो सुट गर्नु नि आँफैलाई खाएको... कस्तो डर नलागेको अझ दुर्बिन लाएर हेर्दै छे ।
सबैले गालि गर्दै थिए तर मेरो ध्यान त्यो गालि भन्दा बढि मृग र बाघमा थियो ।

एकछिन कँहि मृगलाई नदेखेपछि बाघ थचक्क त्यहिँ बसेर वरिपरि हेर्न थाल्यो,
तर यता मृग पट्टि उस्तै देखिने अर्काे सानो मृग पनि आयो स्याँ स्याँ गर्दै र लुकेको मृगको नजिकै आएर घुम्न थाल्यो, सायद त्यो सानो मृग त्यो ठुलो मृगको बच्चा थियो ।
त्यो मृग घुम्दा घुम्दै बाघले सानो मृग देख्यो, बाघ जुरुक्क उठेर बेस्सरी दगु¥यो मृग भए तिर..
दुवै मृगले चाल पाएर फेरि अघि जस्तै दौडिए, धेरै टाढा थिएन बाघ मृगहरु भन्दा ।
ठुलो मृगको पेट निकै ठुलो थियो गाह्रो गरि दौडिदै थियो सायद उसको पेटमा बच्चा पनि थियो ।
सानो मृगलाई एकातिर भाग्ने गरि साईड लगाईसकेर ठुलो मृग एक्कासी मोडिएर अर्काे पट्टि दगु¥यो
सायद उसले आफ्नो बच्चालाई बचाउने जुक्ति गरेको होला, आफु बाघको शिकार हुन्छु थाहा पाएर नै उसले बाटो मोडेको होला, धेरै गाहो भैसकेर पनि होला उसको दौडाईको गति निकै कम भयो, उसको ठुलो पेट निक्कै बेस्सरी तल माथि उचालिदैं थियो दौडिदा, मलाई प्रेग्नेन्ट महिलालाई देख्दा त उकुसमुकुस हुन्थ्यो याँ त त्यत्रौ पेटले आफ्नो र पेटमा भएको बच्चा को ज्यान बचाउन त्यो मृग दौडिरहेको थियो मलाई त्यो दृष्यले निकै गाह्रो महशुस गराईरहेको थियो न बचाउन सकिने म सँग हेर्ने बाहेक केहि उपाय थिएन ।

बिस्तारै बिस्तारै बाघ मृगको धेरै नै नजिक भयो मृग दौडन नसक्ने भै सकेको थियो ।
लगभग १ मिटर पनि बाँकि रहेन बाघ सँग मृगको, बाघले निकै बेस्सरी उफ्रियर मृग माथि आफ्नो पञ्जा गाड्न भ्यायो, मृग घद्रक्कै लड्यो, बाघले ति कामिले भर्खरै तिखारेर राखेको छिनो जस्तै देखिने दाँत मृगको घाँटिमा बेस्सरी गाड्यो, मैले अलि अघि नियालेको पानिको मुल जस्तै गरी मृगको घाँटि बाट रगतको मुल फुट्यो ।
ममि ले भन्नु हुन्थ्यो कुनै वस्तुले पनि पाउने हुँदा मर्न लागे भने नपाई मर्दैनन्
हो रहेछ,
आफ्नो सास जानै लाग्दाको पिडा सहेर भए पनि मर्नु अघि नै मृगले निकै दुःखले सानो बच्चा मृत मृगलाई जन्म दियो । सानो मृग निस्किदै गर्दा मैले हेर्ने नसकेर दुर्बिन आँखा बाट हटाएँ । मेरा आँखा बाट तरक्क आँशु बगे, बिचरा मृग । आफ्नो बच्चालाई बचाउनको लागि उसले बाटो नमोडेको भए आज उसले प्राण त्याग्नु पर्ने थिएन, न त त्यो सानो मृगले नै...
आमाको माया कत्ति हुन्छ आफ्नो बच्चाको लागि
जति नै दुःख किन नहोस् आफ्नो ज्यानको बाजि लगाएर भए पनि बच्चा बचाउँछे एउटि आमाले यत्ति धेरै माया हुन्छ आफ्नो सन्तान सँग एउटी आमाको ।

निकै बेर पानीमा हेरेर मैले आफुलाई सम्हाले र फेरि दुर्बिन उठाउने हिम्मत गरेँ ।
चार पाँचवटा बाघका जमात मिलेर त्यो मृगलाई ४ तिरै बाट मासु लुछ्दै खाँदै थिए ।
तर भर्खरै जन्मेको मृगलाई कुनै बाघले पनि छोएका थिएनन् ।
सायद गन्हाएको थियो......
यो दृष्यले पुरा दिनको रमाइलो मुड नै खराब गर्दियो ।
सबै सामान बटुलेर फर्किन लाग्यौं, सबै आफ्नो रमाईलोमा थिए म भने त्यहि सम्झेर टोलाईरहेको थिएँ । भनेको हो नि नहेर भनेर, अहिले मुख बिगारेर बस्छे साथिहरु कराँउदै थिए । तर मलाई तिनिहरुको गालि भन्दा आमाको याद आईरहेको थियो । आमाको मायाको याद आईरहेको थियो ।
मुना दाहाल
हेटौंडा–८, मकवानपुर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।